- ADVERTISEMENT -

गण्डकी प्रदेश सरकारले आउँदो पुस १५ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय

December 27, 2019
859
Shares
- ADVERTISEMENT -

पोखरा, ११ पौष २०७६ । गुरुङ समुदायको महान पर्व तमु ल्होसारको दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ ।

गण्डकी प्रदेश सरकारले आउँदो पुस १५ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

आउँदो पुसको १५ गते मंगलबार च्यू ल्हो अर्थात मुसा बर्ग सुरु हुने दिनलाई तमु ल्होसार (नयाँ बर्ष सुरु हुने दिवस) को उपलक्ष्यमा पुस १५ गते प्रदेश सरकार माताहतका कार्यालयहरुमा विदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

गत बुधबार बसेको मन्त्रीपरिषदको बैठकले तमु समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि गण्डकी प्रदेश सरकारले गतबर्ष पनि ल्होसारको दिनमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

ल्होसारको अवसरमा गुरुङ समुदायको बाहुल्यता रहेको विशेषगरी गोरखा, लम्जुङ, कास्की, तनहूँ लगायतका जिल्लाहरुमा विशेष कार्यक्रमका साथ ल्होसार मनाउने गरिन्छ । देशभरका गुरुङ समुदायको भेला हुने काठमाडौंमा पनि वृहत रुपमा ल्होसार मनाउने कार्यक्रम रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -