Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:१८ दिउँसो
- ADVERTISEMENT -

पोखरा र फेवाताल एकअर्काका परिपूरक : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७६ पुस ९, बुधबार

780
Shares

पोखरा, ९ पौष २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरा र फेवाताल एकार्काका परिपूरक भएको बताएका छन् ।

पोखरा महानगरपालिका–२४ स्थित बेतयानी खोलामा निर्माण गरिने सिन्टेसन बाँध र सिल्टपोखरीको आज एक समारोहबीच शिलान्यास गर्दै उनले पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य फेवाताल रहेको बताए ।

फेवातालका माध्यमबाट पोखरामा पर्यटन व्यवसायीले राम्रो आयआर्जन गर्नुका साथै समग्र पोखरेली केही न केहीरुपमा यसबाट लाभान्वित भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखराका नौ वटासहित गण्डकी प्रदेशका समग्र तालको संरक्षण र विकास गर्नु तीनवटै तहका सरकारको दायित्व रहेको बताए । उनले फेवातालको सिमाङ्कनका लागि सङ्घीय सरकारको भूमि सुधार मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।

प्रदेश सरकारले ताल विकास प्राधिकरण ऐन निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले तालतलैयाको आसपासमा जथाभावी गरिने विकास निर्माणले वातावरणका साथै सो क्षेत्रका जलाशयसमेत सङ्कटमा पर्ने गरेको धारणा राखे ।

सङ्घीय सरकारले सिमाङ्कन, प्रदेश सरकारले सीमाको संरक्षण र स्थानीय सरकारले नदीजन्य वस्तुको व्यवस्थापन गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले वर्षाको समयमा खहरेखोलाले बगाएर ल्याएको ढुङ्गा, माटो, बालुवालगायतको नदीजन्य वस्तुलाई फेवातालमा जानबाट रोक्न सिल्टेसन बाँधले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चार वटा खोलामा निर्माण गरिएका सेल्टपोखरीमा वार्षिक तीन लाख घनमिटर वस्तु जम्मा हुने र त्यसलाई बजारमा बिक्री गरेर लगभग रु २३ करोड आम्दानी गर्ने लक्ष्य महानगरले लिएको बताउँदै उनले त्यसबाट भएको आम्दानी आवश्यकताअनुसार अन्य क्षेत्रको संरक्षणमा लगानी गरिने जानकारी दिएका छन् ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरले यसअघि ६० हजार घनमिटर माटो झिकेर १५ रोपनी तालको आधार वृद्धि गरेको बताउँदै सिल्टेसन बाँध निर्माणले फेवातालको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काप्mलेले पोखरा–२४ स्थित बेतयनी खोलालगायत लौरुक, अँधेरीखोला, हर्पनखोला र घाँटीछिनामा १५ महिनामा सिल्टेसन बाँध निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -