- ADVERTISEMENT -

सिरानचोक गाउँपालिकाको केन्द्रको बारेमा समझदारी जुटयो

December 25, 2019
976
Shares
- ADVERTISEMENT -

गोरखा, ९ पौष २०७६ । केन्द्र टुंगो लाग्न बाँकी सिरानचोक गाउँपालिकाको केन्द्रको बारेमा राजनीतिक समझदारी जुटेको छ ।
सिरानचोक गाउँपालिका को वडा नं. ५ चित्रे पोखरीमा केन्द्र रहने गरी टुंगोमा पुगिसकेको तर निर्णय लिपिवद्ध गर्न मात्र बाँकी रहेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

‘विवाद समाधान गर्न काङ्ग्रेसका जिल्ला सभापति हरिबहादुर घले, राजन राज पन्त र नन्दप्रसाद न्यौपाने रहेको समिति बनाएर बार्ता गरी सहमतिको अन्तिम चरणमा पुगिएको छ’, अध्यक्ष गुरुङले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

सोही ठाउँमा गाउँपालिकाको भवन तथा अन्य भवन निर्माणका लागि ३० रोपनी जग्गा पनि जुटिसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘स्थानीयबासीबाट ३० रोपनी जग्गा पनि जुटिसकेको छ’,, ‘निर्णय भएपछि जग्गा पास गरेर भवन निर्माणमा लाग्ने तयारी गरेका छौं ।’ अध्यक्ष गुरुङले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -