गोरखा, ८ पौष २०७६ । पालुङटार नगरपालिकाले ईसाई धर्मावलम्बीहरूकाे महान पर्व क्रिसमसकाे अवसरमा ९ गते र पृथ्वी जयन्ततीकाे अबसरमा पाैष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यहि पौष ८ गते मंगलबार बसेकाे नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

‘नगरपालिका माताहतका कार्यालयहरू जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा पुस ९ गते र पाैष २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ’, नगर प्रमुख दिपक बाबु कंडेल ले भन्नुभयाे । ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयमा मात्र यो निर्णय लागु हुनेछ ।’ उहाले भन्नुभयो ।

त्यसैगरी, गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाल एकीकरणको जग बसालेका हुनाले उनको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले नगरपालिका माताहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयाे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्