Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:३२ बिहान
- ADVERTISEMENT -

 ‘नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं’

प्रकाशित मिति: २०७६ पुस ७, सोमबार

672
Shares

काठमाडौं,  पौष २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले नेपाल भ्रमण वर्ष – २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ ।

नेपाल भ्रमर्ण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरुसँगको छलफलमा कार्यक्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ केवल ‘इभेन्ट’का रुपमा नभई दिर्घकालिन आधारशिला बनाउने कार्यक्रम बनाउने तर्फ सरकारको जोड रहेको बताए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले नेपालको नयाँ क्षितिज र नयाँ बाटोको विश्व सामु देखाउने उनको भनाई छ ।

लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा पुगेर मुलक आर्थिक समृद्धिको बाटोमा हिडेको उल्लेख गर्दै मन्त्री भट्टराईले अबको सबैको साझा अजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए । उनले भने, ‘अब तपाई हामी एउटै बाटोमा आइपुगेका छौं । त्यो साझा बाटो हो, आर्थिक समृद्धिको अभियान ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल साना घरेलु उद्योग महासंघ, नेपाल वैदेशिक रोजगारी व्यवसायी संघ, नेपाल खुद्रा व्यवसायी संघ लगायतका प्रमुखहरुको उपस्थितिमा थियो ।

मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ कार्यक्रमबाट विश्व समुदायलाई नेपाल अब शान्ति, समृद्धि र स्थायीत्वको बाटोमा अघि बढेको सन्देश दिनुपर्ने बताए । उनले भने, ‘नेपालको अबको बाटो समृद्धिको हो, नेपाल लगानीको लागि उयुक्क्त ठाउँ हो भन्ने सन्देश हामीले दिनेछौं ।’

मन्त्री भट्टराईले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को प्रचार तथा प्रबद्र्धनको निम्ती ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को लोगो आफ्ना उत्पादनको सामग्रीहरुमा प्रयोग गर्न आग्रह समेत गरे । मन्त्री भट्टराईले अब गुनासो वा माग राखेर हिड्नेभन्दा पनि मुलुकलाई समृद्धिको बाटोमा लैजान सबै क्रियाशिल हुनुपर्ने समय आएको बताए । उनले भने, ‘अब गुनासो होइन देश निर्माणका अजेन्डा बोकेर सबै लाग्नुपर्छ ।’

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भ्रमण वर्षलाई प्रचार–प्रसार तथा प्रबद्र्धनमा महासंघ जुटिरहेका जानकारी दिइन् । महासंघको १ सय ६ वटा जिल्ला तथा नगर, १ सय ५ वटा एशोसिएट शाखाहरु सबै यो कार्यक्रमलाई सफल बनाउन जुटेको बताइन् । महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा भ्रमण वर्षको प्रमोशन गरेको अध्यक्ष राणाको भनाई छ । भनिन्, ‘हामी जहाँ जान्छौं, त्यहा प्रमोशन गरेका छौं ।’

नेपाल उद्योग परिसरका अध्यक्ष शतिस कुमार मोरले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’लाई सफल बनाउन नीजि क्षेत्रको पनि कर्तव्य र दायित्व भएको बताए । अध्यक्ष मोरले बाहिर निर्यात गरिने नेपालका उत्पादनहरुमा ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को लोगो राख्ने प्रतिबद्धता जनाए । नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष राजेशकाजी श्रेष्ठ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’मा आउने २० लाख पर्यटकको संख्या भन्दा सन्देश महत्वपूर्ण हुने बताए । अध्यक्ष श्रेष्ठले भने,‘संख्या ठुलो होइन सन्देश ठुलो कुरा हो । सन्देश राम्रो गइरहेको छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले पर्यटनको निम्ती पूर्वाधार निर्माण जरुरी रहेको भन्दै ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ लाई मध्यनजर गरेर भौतिक पूर्वाधारलाई तिब्रता दिइनु पर्ने बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले विदेश जाने नेपाली कामदारहरु मार्फत भ्रमर्ण वर्षको प्रचार गरीरहेको जानकारी दिए । वैदेशिक रोजगारमा जाने हरेक कामदारलाई भ्रमण वर्षको टोपी अनिवार्य गरिएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल साना घरेलु उद्योग महांघका अध्यक्ष श्याम गिरी, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ सफल बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ सचिवालय संयोजक सुरज वैद्य र पर्यटन बोर्डका सिइओ दिकराज जोशीले तयारीको बिषयमा जानकारी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -