Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३१:०५ बिहान
- ADVERTISEMENT -

तमु ल्होसारमा सार्वजनिक विदाको माग गर्दै पोखरामा मानव साङ्लो

प्रकाशित मिति: २०७६ पुस ६, आइतबार

1043
Shares

पोखरा, ६ पौष २०७६ । तमुहरुको महान पर्व पुस १५ गते तमु ल्होसारमा सार्वजनिक विदाको माग गर्दै आइतवार पोखरामा मानव साङ्लो प्रदर्शन गरिएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले सातै प्रदेशमा ल्होसारमा सार्वजनिक विदाको माग गर्न दवाव स्वरुप मानव साङ्लो प्रदर्शन गर्ने निर्णय बमोजिमा गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा मानव साङ्लो प्रदर्शन र कोणसभा सम्पन्न गरेको हो ।

मानव साङ्लोले पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म पुस १५ गते ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने, धर्मनिरपेक्षता व्यवहारमा कार्यन्वयन गर्नुपर्ने, सबै जातिको भाषा धर्म सँस्कृतिको सम्मान गरिनुपर्ने लगायतका प्लेकार्डसहित सहभागी भएका थिए ।

कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा, पर्वत, नवलपुर, म्याग्दी, बाग्लुङ जिल्लाबाट तमुहरु पोखरामा आयोजित प्रदर्शनमा सहभागी भएका थिए ।

मानव साङ्लो प्रर्दशन पश्चात पोखराको चिप्लेढुंगा विपी चोकमा आयोजित कोणसभामा बोल्ने वक्ताहरुले तमु ल्होछार÷ल्होसार पुस १५ मा सार्वजनिक विदा नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङले राष्ट्रिय पर्व तमु ल्होसार पुस १५ मा दिइएको सार्वजनिक बिदा कटौती गरेर तमुहरुको माथि सरकारले साँस्कृतिक दमन गरेको बताउनुभयो । ल्होसारमा गण्डकी प्रदेशमा मात्रै विदा हामीले खोजेको होइन, सार्वजनिक विदान आवाश्क छ भन्दै उहाँले होइन भने कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले मुलुक संघीयतामा गए पनि अझै पनि एक राज्य सत्ता सञ्चालन भईरहेकाले प्राप्त ल्होछार विदा कटौतीका साथै अधिकारहरु खोसिदै गएको बताउनुभयो । अधिकारका लागि तमु एकता र सचेतता जरुरी छ भन्नुहुदै मेचीदेखि महाकालीसम्मका तमुहरुले ल्होछारमा विदा किन नपाउने प्रश्न गर्नुभयो ।

जातिकै आधारमा एकलवादी सत्तासीनहरुले बिदा पाउने हामी तमुहरु दोश्रो दर्जाका हौं कि सौतेलो हो भनि प्रश्न गर्नुहुदै अधिकारका लागि एकतावद्ध आन्दोलन आवाश्यक रहेको बताउनुभयो ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकीका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कोणसभाको संचालन सचिव जिवन गुरुङले गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -