गोरखा, ओम पाण्डे, ५ पौष २०७६ । श्री दुल्लभ मा बि घ्याम्पेसालको स्वर्ण महोत्सवको भब्य तयारी भइरहेको छ । गोरखाको भिमसेन थापा गाउपालिका घ्याम्पेसालमा रहेको श्री दुल्लभ माध्यमिक विद्यालयको ५०औं स्थापना दिवस मनाउन लागेको हो । “स्वर्ण महोत्सव समारोह” आगामी २०७६ माघ २ देखि ५ गते भब्यताका साथ मनाउन गइरहेको बिधालयले जनाएको छ ।

प्रत्येक विधार्थ्रीहरुको शैक्षिक विकासमा मात्र नभएर सामाजिक तथा मानसिक विकासप्रति  पनि प्रतिबद्धता रहेको, अभिभावक , परिवार र  समाजसँगको मजबुत सम्बन्धलाई महत्व दिंदै स्कुलको प्रत्येक शिक्षक तथा कर्मचारी स्कुल भित्र शैक्षिक वातावरणको बिकास गर्नमा अनवरत रुपमा तल्लिन रहेको छ् ।

श्री  दुल्लभ मा बि को स्थापना बि स  २०२४ सालमा गोरखाको सदरमुकामबाट २४ कि मी उत्तर पुर्व दिशामा भएको हो । यो विद्यालय सिद्ध पुरुष राम ज्योतिशी श्री दुल्लभ लामिछनेको नामबाट स्थापित भएको कुरा ईतिहास छ । यस विधालय तत्कालिन धावा तान्द्राङ,  बगुवा,  मसेल, पन्द्रुङको बिचमा रहि धेरै गुणस्तरिय, क्षमतावान, दक्ष जनशक्तिको उत्पादन गरिसकेको छ ।  धुलौटेदेखि सुरु भएकोमा प्रा बि, नि मा बि,  मा बि, उच्च मा बि हुदै बहुमुखीक्याम्पसको रुप लिंदै ५० औँ बसन्तमा पार गर्न सफल भएको छ ।

गुणस्तरीय ज्ञानका लागि बालबालिकालाई नभई नहुने उपयुक्त व्यवस्थित कक्षाकोठा, सुबिधा सम्पन्न कम्प्यूटर ल्याब, व्यवहारिक जीवनमा आधारित शिक्षाको साथ साथै बालबालिकामा अन्तर्निहित कला र प्रतिभालाई उजागर गर्नको लागि अतिरिक्त क्रियाकलापमा उक्त विद्यालय अत्यन्तै सचेत र सजग रहँदै आएको छ ।

गोरखा जिल्ला घ्याम्पेसाल स्थित दुल्लभ उच्च माध्यमिक बिधालयको स्थापनाको मुख्य ध्येय भनेकै गाउँ समुदायका बालबालिकालाई आधरभुत तथा गुणस्तरीय शिक्षा दिनु हो । सामुदायिक बिधालय भएता पनि देशको भबिश्यका कर्णधारहरुलाई सहि शैक्षिक संस्कृती प्रदान गर्दै आइरहेको छ ।

स्थापनाकाल देखिनै बिभिन्न आरोह,  अबरोह पार गर्दै आज आधा स्ताब्धि पार गर्न लागेको अबस्थामा बिभिन्न कार्यक्रमका साथ भब्य समारोह गर्न लागिएको छ ।

उक्त कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्नका लागि भुतपुर्ब बिधार्थी, बिभिन्न संघ संस्था तथा अन्य समाजसेवि लागिपरेका छन् ।

बिश्वभर छरिएर रहेका, देश तथा बिदेशका सम्बन्धित क्षेत्रका सबैलाई  सकेको आर्थिक सहयोग गर्न पनि अपिल गरेको छ । कार्यक्रम बिभिन्न क्षेत्रका रास्ट्रिय कलाकारको साथमा स्थानिय झाँकि,  लाखे नाच,  जिल्ला स्तरिय खेलहरुको साथमा मनाइने बिधालय श्रोतले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्