गोरखा, ५ पौष २०७६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गोरखामा भीमसेन थापाको शालिक अनावरण गर्नु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ४ मा पिपलथोकमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्कभित्र रहेको पूर्वमुख्तियार (प्रधानमन्त्रीसरह) समेत रहेका राष्ट्रिय विभूति थापाको पूर्णकदको शालिक शनिबार एक कार्यक्रमका बिचमा अनावरण गरिएको हो ।

गोरखा नगरपालिकाले ऐतिहासिक पर्यटन विकासमा जोड दिनका लागि थापाको शालिक निर्माण गरी पार्कमा राखिएको जनाएको छ । उक्त शालिका पाँच फिट अग्लो छ ।

गोरखा नगरपालिकाले २२ लाख ८४ हजार रूपैयाँमा शालिक निर्माण गरिएको हो । गोरखा दरबार आएका पर्यटकलाई त्यहाँबाट नजिकै रहेको भीमसेन पार्कसम्म लैजाने आफूहरूको तयारी रहेको मेयर राजनराज पन्तले बताउनु भयो ।

भीमसेन थापाको जन्म वि.सं. १८३२ नौ गतेका दिन गोरखाको बोर्लाङको पीपल थोक गाउँमा क्षेत्री परिवारमा भएको थियो । अमरसिंह थापा (सानुकाजी) र सत्यरूपा मायाका जेठा छोरा थिए । उनी बगाले थापा भएको कथन पाइन्छ । उनका भाइहरू सहोदरमा नैनसिंह थापा, अमृतसिंह थापा, भक्तवर सिंह थापा, रणवीर सिंह थापा तथा सौतेनीमा रणजावर सिंह थापा र रणबम सिंह थापा थिए ।

ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट रणबहादुर शाहसँग भएको थियो । त्यसबेला उनको उमेर १० बर्षको थियो । एकै उमेरमा साह र थापाको मित्रताको आधारमा त्यसै बेलामा तयार भएको हो । उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो । उनको पढाइको व्यवस्था त्यस बेलाको परिस्थिति अनुरुप मिलाइएको थियो ।

तस्वीर: किशोरजंग थापा/गोरखा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्