Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:०२ बिहान
- ADVERTISEMENT -

संघीयताको आधार तयार गर्न सफल छौं : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७६ पुस ३, बिहीबार

858
Shares

पोखरा, ३ पौष २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय व्यवस्था अन्तर्गत तीनवटै तहका सरकारले यसका आधार तयार गर्न सफल बनेको बताएका छन् ।

गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो बैठकको आज यहाँ आयोजित उद्घाटन समारोहमा उनले नयाँ व्यवस्था अनुसार हालसम्म मूलभूत र संस्थागत आधार तय भएको बताउँदै आगामी दिनमा जनताले अनुभूति गर्ने गरी काम अघि बढ्ने उल्लेख गरे ।

यस अवधिमा स्थानीय तह र प्रदेशबाट भएका कमी कमजोरीलाई आत्मसात गर्दै तिनीहरूको समीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले सहकार्य, समन्वय र सह अस्तित्वका माध्यमबाट समृद्धि र विकासमा उन्मुख बन्नुपर्ने आवश्यकता औंल्याए ।

पूर्वाधार निर्माणलगायत कामका लागि हालसम्म जग्गा प्राप्ति नहुँदा समस्या परिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले देखिएका समस्याको समाधान गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

भोलिसम्म चल्ने बैठकमा विभिन्न क्षेत्र सम्वद्ध विज्ञका कार्यपत्र प्रस्तुत भई त्यस सम्बन्धमा छलफल गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष डा बालानन्द पौडेललले प्राकृतिक स्रोत र राजश्व बाँडफाँडको वर्तमान अवस्था र भावी योजना विषयक कार्यपत्रप्रस्तुत गर्नेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा।पुष्पराज कँडेलले पन्ध्रौं योजनाको राष्ट्रिय लक्ष्य र स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

त्यस्तै गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल, सदस्य ई डा।विष्णुप्रसाद बराल, मुख्य न्यायाधीवक्ता डा राजेन्द्र घिमिरे, गणेशप्रसाद पाण्डेयलगायतले विभिन्न विषय सम्बद्ध कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -