गोरखा, १ पौष २०७६ । गोरखा नगरपालिकाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगरपालिका माताहतका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले बताउनु भयो ।

‘नगरपालिका माताहतका कार्यालयहरु जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु र स्वास्थ्य संस्थाहरु आउँदो पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको छ’,उहाले भन्नुभयो, ‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयहरुका लागि होइन, हाम्रो नगरपालिका माताहतका कार्यालयहरुमा मात्र यो निर्णय लागु हुनेछ ।’ भन्नुभयो ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाली एकीकरणको जग बसालेका हुनाले उनको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको गोरखा नगरपालिकाले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्