गोरखा, ३० मङ्सिर २०७६ गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको काम तत्काल अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका–४ धावा स्थित श्री प्रभात माध्यामिक बिधालयको ५८ औं बार्षिक उत्सव तथा अभिभावक समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो । उहाँले बुढीगण्डकी जलासय युक्त आयोजना राष्ट्रिय गौरबको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनु पर्नेमा जोडदिनुभयो ।
‘यो आयोजनाले गोरखा र धादिङ मात्र होइन सिंगो देशको अर्थतन्त्रलाई माथी पु¥याउन सहयोग पु¥याउछ, सांसद अधिकारीले भन्नुभयो, बिद्युत उत्पादन मात्र नभई अब पर्यटकीय क्षेत्रको रुपमा समेत बिकास गर्ने गरि आयोजना निर्माणको अघि बढाउनु आबश्यक छ ।’ उहाँले आयोजना वरपर रिङरोड निर्माण गरि त्यसको उचित व्यवस्थापन गर्न सके यो आयोजनाले देशको मुहार नै फेर्न सक्ने बताउनुभयो ।
सांसद अधिकारीले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा तर्फको आरुघाट, आर्खेत र धादिङ तर्फको बिशालटार तथा खहरे क्षेत्रको मुअब्जा भएका समस्यालाई हल गर्न आफुले पहल शुरु गरेको बताउनुभयो । ‘जसरी मुआब्जा निर्धारणका लागि सरकार र आयोजनालाई दबाव दिन म लागि परे त्यस्तै मुआब्जामा निर्धारणमा जनतालाई मर्कामा पर्नुहुदैन भन्नेमा म पनि प्रतिबद्ध छु’ उहाँले भन्नुभयो, डुवान क्षेत्रका जनताको पुर्नबास र पुनस्थापनाका लागि अब राज्यले उचित निर्णय लिनुपर्छ ।’
सांसद अधिकारीले मुआब्जाको बिबाद समाधानका लागि मन्त्रालय, प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाहरु बिच छलफल गरेर ४ बुदेँ समझदारी गरिसकेको भन्दै अब आयोजनालाई निर्माणलाई गति दिनुपर्ने बताउनुभयो । ‘केहि प्राबिधिक समस्याहरु नभएका होइनन् सांसद अधिकारीले भन्नुभयो, त्यसको समाधानका लागि सहमती भईसकेको छ, आयोजना निर्माणलाई गति दिने तर्फ सवैको ध्यान केन्द्रित हुनु आबश्यक छ ।’
नेपालको बिकास नेपाली जनताले मात्र गर्न सक्ने भन्दै उहाँले संघिय लोकतान्त्रिक गणतन्त्रलाई अहिले सचेत ढंगबाट व्यवस्थित पार्ने काम भईरहेको उल्लेख गर्नुभयो । अर्को फरक प्रंसगमा सांसद अधिकारीले भारतले नेपालको बिभिन्न क्षेत्रमा सिमा अतिक्रमण गरेको भन्दै सरकारले कुटनीतिक पहलबाट सिमा बिबादको हल गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले भारत र नेपाल बिचको सिमा बिबादका लागि सरकार अग्रसर भएको समेत बताउनुभयो । ‘
राष्ट्रियताको बिषयय ३ दलको मात्र होइन सवै राजनीतिक र नागरिकहरु पनि हुनुपर्छ, सांसद अधिकारीले भन्नुभयो, ‘हामी हाम्रो सिमा मिचिएको हेरेर बसिरहनु पनी हुदैन ।’ उहाँले भन्नुभयो , हामी कसैको एकइन्च भूमि पनि लिदैन र दिदैनौ पनि ।’