गोरखा, २९ मङ्सिर २०७६ । गोरखाको धार्चे गाँउपालिकाले माछीखोलामा एक कार्यक्रमको आयोजना गरी गाँउपालिका भित्रका विद्यालयहरुलाई उत्तरी गोरखाका स्थानिय गुरुङहरुले बोलिने मातृभाषाको पुस्तक वितरण गरेको छ ।

सोही कार्यक्रमको अवसरमा दुई गाँउपालिका धार्चे र चुनुमुव्री अन्तर्गतको विद्यालय शिक्षकहरु, पालिका र वडाका जनप्रतिनिधी, स्थानियहरूकाे सहभागितामा प्रमुख अतिथी शिक्षा मन्त्रालयका सह सचिव तथा शिक्षक दरवन्दी मिलान केन्द्रका संयोजक कृष्ण काप्री बीच सार्बजनिक शिक्षा सुधार सम्बन्धमा अन्तरकृया समेत राखिएको थियो ।

सोही अवसरमा स्थानिय शिक्षकहरुले शिक्षा मन्त्रालयका सह सचिव तथा शिक्षक दरवन्दी मिलान केन्द्रका संयोजक कृष्ण काप्रीलाई गोरखाको यी दुई गाँउपालिका अन्तर्गतका धेरै विद्यालयहरुमा शिक्षकहरुले विद्यार्थी संख्या भएको तर शिक्षक दर्वन्दी एकदमै न्युन रहको समस्या दर्साएको थियो भने स्थानिय अविभावकहरु सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित गर्नु भएको गुनासोहरु भएको थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव तथा शिक्षक दरवन्दी मिलान केन्द्रका संयोजक कृष्ण काप्रीले दुई पालिका अन्तर्गतका शिक्षकहरुलाई निजी विद्यालहरुमा जस्तै समय समयमा अविभावक लाई आफ्ना छोराछोरीको प्रगती विवरणहरु दिने, अभिभावकहरुलाई सल्लाह सुझाव दिने सल्लाह दिनुभएको थियो भने आफु यही जिल्ला बासी भएकोले जिल्लाको यस्ता विकट विद्यालयहरुमा भएको शिक्षक दरबन्दीको समस्या सुधारमा सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रस गोरखाका सभापति हरी घलेले आफुले पनि यस क्षेत्रका विद्यालयहरुमा भएका शिक्षक दरबन्दीको समस्या हल गर्न धेरै प्रयास भएको तर विविध कारणबस समस्या समाधान हुन नसकेको जानाकारी गराउदै ,गोरखाकै इतिहासमा अरुले नगरेका नया नया कामहरु धार्चे गाँउपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले गरेको भन्दै प्रशंसा समेत गर्नु भयो ।

त्यसैगरी, कृषी क्याम्प गाेरखाकी प्रमुख मनिता थापाले शिक्षासँग कृषि जाेडीनु पर्ने र विधार्थीहरूलाइ कृषि सम्बन्धी शिक्षा दिनु आवश्यकता रहकाे बताउनु भयाे ।

अध्यक्ष सन्त बहादुर गुरुङले आफुले गाँउपालिकालाई अन्य गाँउपालिका भन्दा फरक र नयाँ कार्ययोजना सहित अघि बढाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

त्यसैगरी, गाँउपालिका भित्र बुढीगण्डकी वारीलाई लक्षित गरी अहिले एउटा भाषाको पुस्तक वितरण गर्यो अब अर्को पटक बुढीगण्डकी पारी बोलिने भाषाको पुूस्तक तयार गरी वितरण गरीने बताउनु भयो भने आगामी दिनमा गुरुङ भाषाको लिपी खेमा लिपीमै पुस्तक प्रकाशन गरी विद्यालयहरुमा पठन पाठन गर्न सुरु गराउने योजनामा पनि गाँउपालिका रहेको बताउनु भयो ।

धार्चे गाँउपालिकाको अध्यक्ष सन्त बहादुर गुरुङको अध्यक्षतामा भएको यस कार्यक्रमको सञ्चालन डिल बहादुर गुरुङले गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्