- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नारायणघाट–मुग्लिङ्ग सडक खण्डमा दिउँसो सवारी आवागमन बन्द हुने

December 11, 2019
892
Shares
- ADVERTISEMENT -

चितवन, २५ मङ्सिर २०७६ । नारायणघाट–मुग्लिङ्ग सडक खण्डमा दिउँसो सवारी आवागमन बन्द हुने भएको छ । यस खण्डमा पहिरो रोकथामको काम हुनेभएकाले मंसिर २७ गते देखि दिउँसो सवारी आगमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

आज  कार्यालयले एक विज्ञप्ती निकालि दुई हप्ता सम्मका लागि विहान ११ बजे देखि दिउँसो तीन बजे सम्म सवारी साधन बन्द हुने जनाएको हो । नारायणघाट–मुग्लिङ्ग तर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्र किलोमा र मालबाहक सवारी साधन दासढुंगामा रोक्नु आग्रह गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौ बाट नारायगढ तर्फ आउने यात्रुबाहक सवारी साधन मुग्लिन बजारमा र पोखरा बाट आउने सवारी साधन बेनीटारमा रोक्ने तथा काठमाडौ बाट नारायणगढ तर्फ आउने मालबाहक सवारी साधन लेवाटारमा र पोखराबाट आउने मालबाहक सवारी साधन आबुखैरहनीमा रोक्न आग्रह गरीएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -