काठमाडौं, २४ मंसिर २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउने बताएका छन् ।

पर्यटनमन्त्री भट्टराईले राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष-२०२० का विषयमा छलफल आयोजना गरेको थियो । त्यसमा व्यवसायीले पर्यटन क्षेत्रका विभिन्न गुनासो र माग प्रस्तुत गरेका थिए । यसैक्रममा, मन्त्री भट्टराईले भने व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गरे ।

पर्यटनमन्त्री भट्टराईले भने, ‘सरकार तपाईंहरुको साथमा छ, तर अब तपाईंहरु पनि माग मात्रै नराख्नुहोस् । सबै मिलेर काम गरौं ।’

पर्यटनमन्त्री भट्टराईले व्यवसायीसँग आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखेर अभियानमा जुट्न पनि आग्रह गरे । उनले त्यसको अनुगमन मन्त्रालयबाट हुने समेत बताएका छन् ।

पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने पनि जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्