पोखरा, २२ मंसिर २०७६ । प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले आज आइतबार १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिनुका साथै छलफल एवं अन्तरक्रिया गर्नुभएको छ ।

राष्ट्रको प्रतिष्ठासंग प्रत्यक्ष जोडिएको खेलकुद प्रतियोगिता सुरक्षा व्यवस्थाबारे जानकारी लिई त्रुटिरहित ढंगले प्रहरी परिचालन गर्न निर्देशन दिनुका साथै सभ्य एंव भव्य रुपले सफल बनाउन प्रहरी महानिरीक्षक खनाल आईतबार पोखरा आईपुग्नु भएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवगमन लगायतका विषय समेटिएको खेलकुद प्रतियोगिताको सुरक्षा रणनीतिबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रष्ट पार्नुभएको थियो ।

सोही क्रममा प्रहरी महानिरीक्षक खनालले पोखरा रंगशालामा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय नरदेवि पुन मगरको अध्यक्षतामा सम्पन्न खेलकुदको सुरक्षा विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुभएको छ ।

साथै, उहाँले पोखरा रंगशालाको समेत स्थलगत अवलोकन गरी प्रतियोगिताको सुरक्षार्थ स्थापना भएको नेपाल प्रहरी कमाण्ड पोष्ट र प्रतियोगिता अन्तर्गत अन्य खेलकुद हुने स्थानको समेत अवलोकन गरी प्रतियोगितालाई सफल पार्न हर-प्रहर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्