तनहुँ, २०७६ साल मङ्सिर २० गते शुक्रबार । शुक्लागण्डकी नगरपालिका वडा नं ४ तनहुँको आयोजनामा मा वि स्तरिय बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठको सभापतित्वमा, रास्ट्रिय नागरिक समाजका अध्यक्ष निगम हुमागाईको प्रमुख आथित्यतामा मा वि स्तरिय बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएको हो । प्रतियाेगितामा १० जना सहभागी प्रतियाेगीले भाग लिनु भएको थियो ।

उक्त बक्तृत्वकला प्रतियोगितामा श्री पन्चमुनि देव मा वि, दुलेगाैडाका समीर अहमदले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । त्यसैगरी, श्री लिटल गार्डेन बाेर्डिङ स्कुल, दुलेगाैडाका साेनिया पाैडेलले  दृतिय स्थान हासिल गर्न सफल हुनु भएको छ । त्यसैगरी, श्री पन्चमुनि देव मा वि, दुलेगाैडाका  अनुप लामिछानेले तृतिय स्थान हासिल गर्न सफल हुनु भएको छ ।

प्रतियोगीतामा प्रथम , दृतिय र तृतिय स्थान हासिल गर्न सफल हुनु भएका विधार्थीले नगद क्रमश दश हजार, पाच हजार र सात हजार नगद राशी सहित प्रमाण पत्र र ट्रफिले सम्मान गरिएको थियो ।

निर्णायक मण्डलमा युथ भिजन पव्लिक स्पिकिङका डाईरेक्टर छबि शर्मा सहित पुर्ण प्रसाद शर्मा र राष्टिय स्तरमा बक्तृत्वकला प्रतियाेगीतामा प्रथम प्रकृति न्याैपाने रहनु भएकाे थियाे ।

कार्यक्रम संचालन वडा सचिव कल्पना गैरे सुबेदीले गर्नु भएक थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्