गोरखा, १९ मङ्सिर २०७६ । शहिद लखन गाउँपालिकाले लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्र्तगत विभिन्न कार्यक्रम गरेको छ । सोही अवसरमा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्वद्धता विषयेक मा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।

११ वटा मा।वि। का ११ जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको उक्त कार्यक्रममा रामेश्वरी मा।वि। बुंकोटका छात्रा आशिका ढकाल प्रथम, जनशक्ति मा वि नामजुङ्गका छात्र अरविन गोतामे द्वितीय, शहिद स्मृति मा वि बुंकोटका छात्रा गिता सिर्मल तृतीय र हिमालय मा।वि। घैरुङ्गका छात्रा गीता सिर्मलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

उक्त कार्यक्रममा गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगरले महिला हिंसा विरुद्ध धार्मिक, सामाजिक, आर्थिक विभेद व्याप्त रहेको भन्दै विकृत मानसिकताबाट बलात्कार जस्तो जघन्य अपराध बढ्ने गरेकाले सो विरुद्ध गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष एवं गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले महिला विरुद्ध हुने अपराध र विभेदको अन्त्य गर्न महिला सशक्तिकरणमा ध्यान दिनुपर्नेमा जोडदिनु भयो ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगरले कानुनले महिला अधिकारका लागि व्यवस्था गरेपनि व्यवहारिक पक्ष कमजोर रहेको साथै परापूर्व कालदेखि हुँदै आएको महिला हिंसा एवं बलात्कारजन्य कार्य वर्तमान आधुनिक समयमा समेत हुनु विडम्वनापूर्ण रहेको बताउनु भयो । महिला हिंसा अन्त्यको लागि सबै पक्षले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

 

कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा, वडा नं। छ का अध्यक्ष यमबहादुर राना, वडा नं। ९ का अध्यक्ष रामप्रसाद लामिछानेले महिला हिंसा न्यूनिकरणमा गाउँपालिकाले जोड दिने प्रतिवद्धता व्यक्त गरको छन् ।

 

त्यसैगरी, गाउँ कार्यपालिकाका सदस्यहरु सकुन थापा र कल्पना वयलकोटीले महिला सशक्ति करणका लागि महिलालाई अवसर दिनु पर्ने बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्