धादिङ, १७ मङ्सिर २०७६ । मुआब्जा निर्धारण समितिले तोकेको दररेट चित्त नबुझेर बुढीगण्डकी आयोजना प्रभावितहरुले गरेको आन्दोलनमा समर्थन जनाउँदै जनप्रतिनिधीहरुले राजिनामा दिने क्रम शुरु भएको छ ।

जनताको आन्दोलनमा समर्थन जनाउँदै जिल्ला समन्वय समिति धादिङ सदस्य कमल नारायण श्रेष्ठले हिजो साँझ र त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष देवराज धरेलले आज आ–आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

वडा अध्यक्ष धरेलले आन्दोलनप्रति पार्टी मुकदर्शक भएको भन्दै नेकपाका सबै जिम्मेवारीबाट बाहिरिएको घोषणा गर्नुभएको छ । सरकारले अझै माग नसुने त्यस क्षेत्रका प्रदेश सांसदहरुले समेत राजिनामा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष , वडाअध्यक्ष र गाउँकार्यपालिका सदस्यहरु, गाउँपालिका र वडा कार्यालयहरु अनिश्चित कालका लागि बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

नेपाली काँग्रेस धादिङका पदाधिकारीहरुको बैठक अहिले बसिरहेको छ । बैठकपछि आन्दोलनलाई समर्थन गरेर विज्ञप्ती निकाल्ने तयारी भइरहेको काँग्रेस जिल्ला सदस्य विकास श्रेष्ठले जानाकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्