- ADVERTISEMENT -

पालुङटारमा शिक्षकहरुलाई स्वागत तथा बधाई कार्यक्रमका साथ नियुक्ति पत्र प्रदान

December 3, 2019
901
Shares
- ADVERTISEMENT -

गोरखा, मङ्सिर १७ गते मंगलबार । पालुङटारमा शिक्षकहरुलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।

पालुङटार नगरपालिकामा  शिक्षा, यूवा तथा खेलकुद शाखाले नगरमा शिक्षक सेवा आयोगवाट सिफारिस भई आउनु भएका  प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुलाई स्वागत तथा बधाई संगै नियुक्ति पत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

१२ जना स्थानीय सहित ३९ जना महिला शिक्षिका र ११ जना पुरुष शिक्षक सहित जम्मा ५० जना शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा पालुङटार नगरपालिकाका नगर प्रमुख ई। श्री दीपक बाबु कंडेलको अध्यक्षतामा उक्त कार्यक्रम समापन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल शिक्षक महासंघ पालुङटार नगर समितिका अध्यक्ष  चेतनाथ पन्त र नगर शिक्षा अधिकारी श्री बाबुराम कारखेतीलेज्युले स्वागत मन्तब्य राख्नु भएको थियो ।

पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबु कंडेलले नव नियुक्त सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई टिका, खादा लगाई बधाई  ज्ञापन गर्नु हुदै पेशागत मर्मलाई ख्याल गरी कर्तव्य पुरा गर्नुपर्ने बताउनु भयो । नदीहरुले बनाएको सबै भन्दा ठुलो टार हो यो पालुङटार l

धेरै सम्भावनाले भरिपूर्ण रहेको यस लिगलिग कोट जहाँ  नेपाल राज्यको स्थापना भए संगै दौडिएर राजा हुने ठाउ यस नगरीमा उच्च मनोबल, आकाक्षा र उत्साह उमंगका साथ् आउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

देशका भौगोलिक हिसाबले बिभिन्न ठाँउवाट आएतापनि हामी सबै नेपाली हौ, नेपाली भावनासंग जोडिएको यस माहोललाई  कसैले तोड्न सकिदैन । भन्नुभयो ।

गर्वका साथ आत्मा साक्षी राखी भन्नुहोस म पालुङटारमा पढ़ाउछु, अव आफ्ना बाबु नानीलाई राजधानीको स्कुलमा होइन पालुङटारको स्कुलमा पढाउनु पर्छ भन्ने परिवर्तन ल्याउनुहोस, भन्ने आह्वान सहित सामुदायिक बिद्यालयको सुधार हुनेछ भन्नेमा आशावादी रहेको बताउनु भएको छ ।

उक्त  कार्यक्रमको सहजीकरण शिक्षा शाखाका शाखा अधिकृत माधव पोखरेलले गर्नुभएको थियो l

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -