- ADVERTISEMENT -

गोरखामा २४५ शिक्षकको जागिर खोसीयो

December 2, 2019
544
Shares
- ADVERTISEMENT -

गोरखा, १६ मङ्सिर २०७६ । जिल्लामा कार्यरत २ सय ४५ अस्थायी करारका शिक्षक विस्थापित भएका छन् । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आएका शिक्षकको पदस्थापन भएसँगै उनीहरुको जागिर गुमेको हो ।

‘पदस्थापन भएका शिक्षकको संख्या कुल ३७८ हो,’ शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी सुवासचन्द्र आचार्यले भने, ‘त्यस मध्य नाम निकाल्ने ६३ जना अस्थायी शिक्षकको रुपमा काम गरिरहनुभएको थियो, ४ जनाले राजिनिमा दिनुभयो, ६६ दरवन्दी पहिले देखि नै रिक्त थियो ।’

- ADVERTISEMENT -

Advertisement

सबैभन्दा धेरै शहिद लखन गाउँपालिकामा ५५ र सबैभन्दा थोरै धार्चे गाउँपालिकामा १७ जना शिक्षक पदस्थापन गरिएको उनले बताए । सिरानचोक गाउँपालिकामा ५२, पालुङटार नगरपालिकामा ५०, गोरखा नगरपालिकामा ३५, आरुघाट गाउँपालिकामा ३३ र भिमसेन थापा गाउँपालिकामा ३२ शिक्षक पदस्थापन भएका छन् ।

३१ जना बारपाक सुलिकोटमा, २६ जना गण्डकीमा, २४ जना अजिरकोट र २३ जना शिक्षक चुमनुव्री गाउँपालिकामा पदस्थापन गरिएको आचार्यले बताए । पदस्थापन भएका शिक्षक मध्य २१४ जना पुरुष र १६४ महिला रहेका छन् । ‘उनीहरुले नियुक्ती लिइसके अव पालिकासँग समन्वय गरेर एक हप्ता भित्रमा हाजिर हुन्छन्,’ आचार्यले भने

त्यसैगरी, प्रा वि तहमा अझै २०१ अस्थायी शिक्षक कार्यरत रहेको उनले बताए । ‘कुल दरवन्दी १५५५ हो, त्यसमा १३५४ पदपूर्ति भयो, बाँकीमा अस्थायी शिक्षकले काम गरिरहनुभएको छ,’ उनले भने ।

स्थायी शिक्षकका लागी विज्ञापन खुलाउन शिक्षक सेवा आयोगलाई पत्राचार गरिएको उनले बताए । सबैभन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा ३० र सबैभन्दा थोरै चुमनुव्री गाउँपालिकामा ५ जना अस्थायी शिक्षक कार्यरत छन् । शिक्षकको राजिनामाका कारण अस्थायी शिक्षकको संख्या बर्षेनी बढेको उनले बताए ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -