Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:२६ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचन अपडेट : बिहान साढे ११ बजेसम्म २७ प्रतिशत मतदान सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर १४, शनिबार

537
Shares

काठमाडौं, १४ मङ्सिर २०७६ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि भैरहेको उपचुनावका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गर्नुभएको छ ।

मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गर्नुभएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।

बिहान साढे ११ बजेसम्म २७ प्रतिशत मतदान

आज विहानै ७ बजेदेखि सुरू भएको मतदानमा बिहान ११ बजेसम्म २७ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । देशभर निर्वाध मतदान भइरहेको आयोगले जनाएको छ । र, मतदान साँझ पाँच बजेसम्म रहनेछ । मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ ।

कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन जारी छ । विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ ।

कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै भक्तपुर, बाल्गुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -