Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०९:०७ दिउँसो
- ADVERTISEMENT -

४५ दिन श्रमदान गरेर स्थानीयबासीले बनाए पदमार्ग

प्रकाशित मिति: २०७६ मंसिर ११, बुधबार

931
Shares

तनहुँ, ११ मङ्सिर २०७६ । तनहुँ जिल्लाको भीमाद नगरपालिका ९ पाथर्दीका स्थानीयबासीले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयवासीले श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् ।

भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेकोमा स्थानीयवासीले श्रमदानमार्फत् रु। १५ लाखभन्दा बढीको काम गरेको स्थानीयबासी शिवकुमार आलेले जानकारी दिनुभयो । आलेका अनुसार पदमार्ग निर्माणका लागि यहाँका ५० भन्दा बढी स्थानीयवासी दैनिक रुपमा खटिएका थिए । श्रमदानमा नआउने स्थानीयबासीलाई जरिवाना गरिएको आलेले जानकारी दिनुभयो ।

“दैनिक श्रमदानमा नआउनेलाई दिनको रु ५०० जरिवानाको निर्णय गरिएको थियो,” आलेले भन्नुभयो, “श्रमदानमा नआउने केही स्थानीयबासीलाई जरिवाना पनि तिरायौं ।” पदमार्ग निर्माणको क्रममा निर्माण सामग्री स्थानीयबासीले बोकेरै पुर्‍याएका थिए । झरनासम्म पुग्न मोटरमार्ग नरहेकोले निर्माणका सामग्री बोकेरै पुर्‍याइएको आलेले बताउनुभयो ।

इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुङ्गाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङसमेत हालिएको छ । ७७ मिटर भागमा ढुङ्गा छापेर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिनुभयो । “पदमार्ग निर्माणका लागि स्थानीयवासीले श्रमदानमा खटिएर ठूलो सहयोग गर्नुभयो,” वडाध्यक्ष थापाले भन्नुभयो ।

उक्त झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा पनि रु दश लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेञ्जिङ रुम निर्माण गर्ने तयारी थालिएको थापाले बताउनुभयो ।

थापाका अनुसार झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नुपूर्व प्रशिक्षक बोलाएर तालीम सञ्चालन गरिनेछ । “झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,” उहाँले भन्नुभयो,“अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालीम दिने सोचमा छांै ।” ४० मिटर अग्लो झरनामा गत मङ्सिर १६ गते सफल परीक्षण भएको थियो ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास शुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो । यहाँका दश घरमा घरवास सञ्चालनमा छ । उक्त घरवासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।

स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीयवासी दिलबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार गाउँमा अनिष्ट नहोस, बालीनाली राम्रो होस रोगव्यादी नलागोस भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेँडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -