गोरखा, ११ मङ्सिर २०७६ । गोरखाको आरुघाट गाउँपालिकाले पशुपालक किसानहरुलाई उन्नतजातको भैसी तथा व्याड राँगो बितरण गरेको छ ।
गाउँपालिका पशु सेवा शाखाको चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण गरेको हो ।
उत्त कार्यक्रमको लागि गाउँपालिकाबाट रू ७ लाख रकम बिनियोजन गरिएको थियो । बितरण गरिएका उन्नत भैसी र ब्याड राँगोको पशु बीमा गरि विभिन्न वडाका ब्यबसायिक कृषकहरूलाई बितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा पालिकाले शुरुदेखि नै बजेटलाई प्राथामिकता दिदै आएको बताउनुभयो ।
कृषकहरुका लागि बिनियोजना गरिएको बजेटको सही सदुपयोग पनि भएको छ , उहाँले भन्नुभयो, ‘यसले आगामी वर्षहरुमा थप बजेट विनियोजन गर्नलाई हौसला प्राप्त भएको छ ।’ उहाँले आरुघाट बजारमा खड्किएको दुधको बजारलाई समेत प्रवद्र्धन गर्न छिटै नै दुध डेरी स्थापना गर्न लागिएको बताउनुभयो । ‘त्यसबाट किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भई आर्थिक सम्बृद्धि हासिल गर्न सजिलो हुन्छ, उहाँले भन्नुभयो, डेरी स्थापनाको लागि आवश्यक बजेटको ब्यबस्थापन गरिएको छ ।’









































