Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:३३ बिहान
- ADVERTISEMENT -

गोरखामा दुई प्रहरी चौकी उद्‌घाटन सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर १०, मंगलबार

884
Shares

गोरखा, १० मङ्सिर २०७६ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरी जनशक्तीलाई समयानुसार थप प्रवधिमैत्री बनाउदै लगे मात्रै प्रहरी संगठनले अंगिकार गरेका अवधारणाहरुले सार्थकता पाउने बताउदै यसप्रती संगठनले विशेष गृहकार्य गरिरहेको बताउनु भएको छ ।

गोरखा जिल्ला स्थित अस्थायी प्रहरी चौकी चनौटे र प्रहरी चौकी बालुवा गोरखाको नव:निर्मित प्रहरी भवनको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

साथै, समयको परिवर्नसंगै भित्रिएका विभिन्न प्रविधि र तिनले निम्त्याएका चुनौती तथा प्रविधियुक्त अपराधिक क्रियाकलापहरु विरुद्ध मुकाबिला गर्न अब नेपाल प्रहरीको जनशक्ती एवम् प्रहरी सेवालाई पनि नविनतम प्रविधीमैत्री बनाउनुको विकल्प नरहेको उहाँले बताउनु भयो ।

स्थानीय तहको भूमिका बारे बताउदै उहाँले जिल्लास्तरमा कुनै पनी प्रहरी कार्यालयको पहिलो एवम् महत्वपूर्ण समन्वयकारी निकाय त्यहाँ स्थित स्थानीय तह हुने भएकाले प्रहरीका हरेक जनमुखी गतिविधीहरुमा स्थानीय जनप्रतिनिधी, भद्र भलाद्‌मी र आम नागरीकको साथ र सहयोग अपरिहार्य हुने बताउदै प्रहरीसंग हातेमालो गरि अघि बढ्न सबैमा उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी सभाध्यक्ष तथा अजिरकोट गाउँपालिकाकी उप-प्रमुख चन्द्रमाया गुरुङले नेपाल प्रहरी संगै हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायमा गर्ने पक्षमा सदैव आफुहरु तत्पर रहेको बताउनु भयो ।

बि स २०७२ सालको विनाशकारी महाभुकम्प र त्यसपछिका विभिन्न पराकम्पनहरुबाट क्षतीग्रस्त नेपाल प्रहरी संगठनका भौतिक संरचनाहरुलाई पून:निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पून:निर्माण प्राधिकरण कोष बिच सम्झौता भई गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-४ स्थित उक्त अस्थाई प्रहरी चौकी चनौटे र वडा नं ५ स्थित प्रहरी चौकी बालुवा गोरखा को कार्यालय, व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त दुबै प्रहरी चौकी उद्‌घाटन कार्यक्रममा भवन निर्माण कार्यमा सहयोग गर्ने एवम् उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारिहरुलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -