Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:४३ बिहान
- ADVERTISEMENT -

गोरखा आरुघाटकी फोटो पत्रकार पूर्णिमाको हिमालप्रति प्रेम

प्रकाशित मिति: २०७६ कात्तिक ३०, शनिबार

815
Shares

गोरखा, २० कात्तिक २०७६ । हिमालसँग सधैँ रमाउन चाहन्छिन्, पूर्णिमा श्रेष्ठ । गोरखा, आरुघाट घर भएकी उनी पेसाले फोटो पत्रकार हुन् । तर, त्यही पेसामा मात्रै आबद्ध हुन चाहन्नन् उनी । सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी उनले गत आइबार ६,८१२ मिटर उचाइको आमादब्लम हिमाल चढिन् । यति बेला उनलाई शुभकामनाको ओइरो लागेको छ । उनी भन्छिन्, ‘अहिले मलाई आफन्तको बधाई र शुभकामना स्विकार्दै ठिक्क छ। मेरो फेसबुक वाल हेर्नु त !’ हुन पनि उनको फेसबुक वाल बधाईले भरिएको छ ।

उनले मनास्लु हिमालको समेत आरोहण गरिसकेकी छिन् । विभिन्न हिमालको सफल आरोहण गर्दै गएपछि हिमालप्रतिको प्रेम र थप आरोहण गर्ने ऊर्जा बढिरहेको उनी बताउँछिन् । ‘नेपाल हिमालै हिमालले भरिएको छ,’ उनी भन्छिन्, ‘यी हिमालको काखमा रमाउन धेरै मन पर्छ। मेरो नशा नै भइसकेको छ ।’

सगरमाथाको आरोहणभन्दा  आमादब्लमको आरोहण चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको अनुुभव छ । उनी भन्छिन्, ‘सगरमाथा चढ्दा यति धेरै गाह्रो भएको थिएन।  आमादब्लम आरोहण गर्दा टेक्निकल्ली पनि असहज भयो । सबै हिमालमा आरोहण गर्नु त्यति सजिलो रहेनछ। तर, मैले हार खाइनँ । आमादब्लम हिमालको आरोहण गरेरै छाडेँ ।’

उनले सफलतापूर्वक आमादब्लम हिमालको आरोहण गर्न सकेकामा खुसी व्यक्त गरिन् । अरुबाट पाएको सम्मान र हौसलाले उनी झनै अघि बढ्नमा प्रेरणा मिलेको सुनाउँछिन् । हिमालको शिरमा नेपालको झन्डा फर्फराउन पाउँदा छुट्टै नेपालीपनको आभास हुने गरेको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘यसरी हिमालको चुचुरोमा पुग्न सक्छु भनेर कहिल्यै सोचिनँ। किनभने, त्यो मेरा लागि महँगो आकांक्षा थियो । तर, आरोहण गर्दै जाँदा अहिले यसैमा रमाइरहेकी छु ।’

हिमालको आरोहणपछि देशको पूर्वदेखि पश्चिमसम्मका प्राकृतिक सौन्दर्य र सम्पदा हेर्ने रहर छ उनलाई । उनी भन्छिन्, ‘प्राकृतिक सौन्दर्यले भरिएको देश हो हाम्रो। यिनीहरुको अवलोकन गर्ने रहर छ मलाई । ’नागरीकको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -