अछाम, २९ कात्तिक २०७६ । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि कर्णाली नदीको गहिराइ नाप्न गएका टोलीको डुंगा दुर्घटना भएको छ । उक्त नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो ।
डुंगामा सवार सम्पूर्णको सहकुशल उद्धार भएको छ भने डुंगा र मोटरमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिनुभयो ।
उनले नदी ठाडो र पानीको बेग तीव्र भएका कारण डुंगा दुर्घटना भएको जनाएको छ ।









































