Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४६:२० दिउँसो
- ADVERTISEMENT -

गोरखा क्षेत्र नं २ का निर्वाचित सांसदहरुद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन

प्रकाशित मिति: २०७६ कात्तिक २८, बिहीबार

1596
Shares

गोरखा, २०७६ साल कात्तिक २८ गते बिहिबार । गोरखा क्षेत्र नं २ का निर्वाचित सांसदहरु प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गरेका छन् ।

सिरानचोक गाउँपालिकामा विकास योजना संचालन गर्ने गरी स्वीकृत बजेट निम्न अनुसार रहेका छन् ।

* सिरानचोक गाउँपालिका वडा न २ थालाजुंग नयाँ बजार काउले बट्टे हुदै साँदीखोला जोड्ने सडक मर्मत रु २५ लाख बजेट स्वीकृत गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ५ सामुदायिक बहुउद्देश्यीय भवन  निर्माणका लागि  रु २०  लाख बजेट बिनियोजन गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ६ गाखु अन्तर्गत श्री हिमाली तमू युवा क्लब खेल मैदान निर्माणका लागि रु ४ लाख बजेट बिनियोजन स्वीकृत गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ७ सिरानचोक गोहोरे (धिमिरे गाउँ काप्रे) कालिका आमा समुह भवन, काप्रेका लागि ४ लाख बजेट बिनियोजन गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ४ कोइली पानी महिला समूह भवन निर्माणका लागि रु ५ लाख बजेट बिनियोजन गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ८  लाङदी गाउँसुधार समिति बहुउद्देश्यीय भवन निर्माणका लागि  रु ५ लाख बजेट बिनियोजन गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ३ हर्मी महेन्द्रलीला मा वि को मैदान निर्माणका लागि रु ४ लाख बजेट बिनियोजन गरिएको छ ।

* सिरानचोक गाउँपालिका वडा न ८ जौबारी, तालचेन गुम्बा अधुरो भवन निर्माणका लागि  रु ५  लाख बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी, सिरानचोक गाउँपालिका वडा न ६ गाखु नयाँ साधु क्लब मैदान, नयाँ साधुका लागि  रु ४  लाख बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी, क्षेत्र नं। २, प्रदेश ख बाट निर्वाचित सांसद दवाडीले सांसदहरु मनकुमारी गुरुङ र धनमाया तामाङको रोहबरमा बिभिन्न २५ वटा योजनामा दुई करोड रुपैयाँ बिनियोजन गर्नु भएको छ । तीनलाख देखि २५ लाख रुपैयाँसम्मको कार्यक्रममा बजेट बिनियोजन गरिएको बैठकको समन्वय गरेको सिँचाइ कार्यालयका इञ्जिनियर विष्णुहरि अधिकारीले जानकारी दिनुभयो ।

राङरुङ, तालखोला धन्सिरा सडकका लागि रु २५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यसैगरी,अजीरकोट ४ बालुवामा खेलमैदानका लागि  रु १० लाख, झ्याल्ला भूमेमन्दिरबाट ढाँडबेशी जोड्ने पुल निर्माणका लागि रु १० लाख, बारमुले युवाक्लव चित्रेको सामुदायिक भवन निर्माण गर्न  रु १० लाख, हुवामे ठोमो वौद्ध समाज घर निर्माणका लागि रु १० लाख बिनियोजन गरिएको इञ्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी, ढिस्काको जन्मभूमि युवा क्लवको भवन निर्माणका लागि  रु ७ लाख, मेरिया आलडाँडा ढापे भञ्ज्याङ दारीचौतारा मोटरबाटो निर्माणका लागि रु ६ लाख, घोहिनी मिठाहास सामुदायिक भवन निर्माणका लागि  रु ५ लाख, लामागाउँ सामुदायिक भवनका लागि रु ३   लाख, रिठाबोटदेखि माथिल्लो वञ्चोकसम्मको सडकका लागि  रु ५ लाख, कुसुण्डे मन्दिर तथा हल निर्माणका लागि  रु ६ लाख, निसेफ तुप्राङ खारुङ सडकका लागि पाँचलाख,रातमाटे हुदै सुलीकोटडाँडा जोड्ने सडकका लागि रु ५ लाख, स्यार्तान नि मा वि को मैदान घेराबारका लागि  रु ५ लाख, संवृद्ध एकता युवा क्लवको खेलमैदानका लागि रु ३ लाख बिनियोजन गरिएको इञ्जिनियर विष्णुहरि अधिकारीले जानकारी दिनुभयो ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (क) बाट निर्वाचित साँसद हरिशरण आचार्यले कुल २४ योजनाका लागि वजेट वितरण गर्नु भएको छ । आचार्यले पालुङटारमा १६ र गोरखा नगरपालिकामा ८ वटा योजना बिनियोजन गर्नु भएको हो । पालुङटार नगरपालिकाभित्र छनौट गरिएका योजना अन्तर्गत पाउरोटीभण्डार सामाचौर चापाभञ्ज्याङ कार्कीगाउँ अमले सडकका लागि  रु २५ लाख, सुवानेखोला, कुरैचौर, बज्रेखोला टारीखेत बुधेगैरा सडकका लागि रु १५ लाख, वडा नम्वर ५ को बौद्ध हिमाल युवा क्लवको भवन निर्माणका लागि  रु १० लाख, वडा नम्वर ८ को झाँक्रा समाज घर निर्माणका लागि  रु ७ लाख, भवानी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि  रु ९ लाख र चापाभञ्ज्याङ सामुदायिक भवन निर्माणका लागि रु १० लाख रुपैया छुट्याइएको छ ।

फेदी खाल्टे डाँडागाऊँ सडक स्तरोन्नतीका लागि  रु १० लाख, धौखोला टारीखेत ज्यामिरे सिंचाई योजनाका लागि  रु ५ लाख, आँपपिपल भञ्ज्याङको नेवार गुठी समाज अधुरो भवन निर्माणका लागि  रु ५ लाख, माझको डिही समाज भवनका लागि  रु ३ लाख, पाँग्रे दलित बस्ती खानेपानीका लागि रु २ लाख, सातदोवाटोको नेवार गुठी समाज अधुरो भवनका लागि  रु ५ लाख, पाण्डेबेशी पाण्डेगाऊँ सडक निर्माणका लागि रु ५ लाख, हाराहारी दलित समुदाय संस्कृति संरक्षण र प्रवद्र्धनका लागि रु ४ लाख र नाँगेटार पाटी निर्माणका लागि  रु ५ लाख रुपैया छुट्याइएको छ ।

गोरखा नगरपालिका अन्तर्गत तेह्र किलो सिर्दिखोला गोरखा नगरपालिका गेट कृषि सडकका लागि  रु २५ लाख, रानीवन पँदेलछाप पार्क निर्माणका लागि रु १० लाख, निमा व्हेसर बौद्ध गुम्बा निर्माणमा  रु १० लाख, असलटारी कुलो मर्मतका लागि  रु ५ लाख, खहरे मूलपानी अक्कर सडकका लागि रु ५ लाख, द ओसन क्लव आर्टिफिसियल टर्फ निर्माणका लागि  रु ८ लाख, दरौंदी खोला मर्चे खोला सडकका लागि साढे २ लाख, डाँडे कुलो मर्मतका लागि साढे २ लाख, कट्टेलडाँडा खानेपानी योजनाका लागि  रु ८ लाख रुपैया छुट्याइएको साँसद आचार्यले जानकारी दिनुभयो ।

सांसद हरुले बिनियोजन गरेको बजेट तथा कार्यक्रम कार्यान्वयन जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले गर्ने इञ्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -