पोखरा, २३ कात्तिक २०७६ । प्राविधिक शिक्षाका रुपमा हेरिएको वन विषयमा अध्ययन गर्ने बिधार्थीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
भविष्य सुनिश्चित भएको कारणले देशका विभिन्न भागमा रहेका बिधार्थीहरु वन बिषयको शिक्षा लिने तयारीमा रहेका छन् । सोही अनुरुप आज वन विभाग अध्ययन संस्थानले वन संकायको प्रवेश परिक्षा लिएको छ ।
पोखरास्थित पुथ्वीनारायण क्याम्पसमा सम्पन्न उक्त परिक्षाको समाप्तिपछि नेपाल बिधार्थी संघ वन बिभाग अध्ययन संस्थानले गरेको सरसफाईले चर्चा बटुलेको छ ।
सकरात्मक परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्दै गरिएको उक्त कार्यक्रमबाट उपस्थित सम्पूर्ण बिधार्थीहरु खुशी भएका थिए । सहभागी बिधार्थीहरु , अभिभावकले खुलेर प्रशासा गरेको सुरेखा पन्थीले जानकारी दिनुभयो ।









































