Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:२० बिहान
- ADVERTISEMENT -

मानवसेवा आश्रम गोरखालाई २ लाख ५० हजार रुपैया सहयोग

प्रकाशित मिति: २०७६ कात्तिक १८, सोमबार

647
Shares

गोरखा १८ कात्तिक २०७६ ।  गोरखा सेवा समाजले सहयोगापेक्षी सडक मानव मुक्त नेपाल निर्माणको अभियान जुटेको मानव सेवा आश्रमलाई रु २ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजद्धारा सदरमुकाममा आज आयोजित आफ्नो तेस्रो साधारणसभा तथा प्रथम अधिबेशनको अबसर पारेर उक्त रकम आश्रम गोरखा शाखालाई प्रदान गरेकोे हो ।

गोरखा सेवा समाज कतारले बिभिन्न कार्यक्रम मार्फत संकलन गरेको रकम गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तले आश्रमका संस्थापक अध्यक्ष राम्जी अधिकारीलाई चेक मार्फत हस्तान्तरण गर्नुभयो । समाजिक सेवाको क्षेत्रमा गएको ४ बर्षदेखि काम गर्दै आएको समाजले कतारमा बिभिन्न कार्यक्रम गरि उक्त रकम संकलन गरेको समाजका गोरखा अध्यक्ष कैलासबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

केहि समय अघि गोरखा सेवा समाज कतारले कतारमा सकारात्मक सोच एवम स्वस्थ जीवनशैली विषयक एकदिने उत्प्रेरणात्मक कार्यक्रमको आयोजना गरि उक्त रकम संकलन गरेको थियो । सहयोगापेक्षी बेसहारा, अभिभावक विहिन सडक मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रम गोरखा शाखाको सेवा कार्यलाई थपप्रभावकारी बनाउने उद्देस्यले सहयोग प्रदान गोरखा सेवा समाज कतारका अध्यक्ष राजेश्वर ढकालले बताउनुभयो ।

मानबसेवा आश्रमको गोरखा शाखामा हाल ३६ जना सहयोगापेक्षी सडक बालबालिकाहरुले आश्रय लिदै आइरहेका छन् । आश्रमले गोरखा शाखालाई बालशाखाको रुपमा सञ्चालन गर्दै आएको जिल्ला संयोजक मुना लामाले बताउनुभयो । गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठ अध्यक्षतामा भएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै मानवसेवा आश्रमका संस्थापक अध्यक्ष राम्जी अधिकारीले नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त नेपाल बनाउने अभियानमा आश्रम लागि परेको बताउनुभयो ।

उहाँले कुनै पनि नागरिक खान नपाएर बस्न नपाएर लाउन नपाएर  बेसाहार नबनुन भन्ने उद्देस्यले आश्रमको स्थापना गरिएको बताउनुयो । अध्यक्ष अधिकारीले सहयोगी हातहरुको सहयोगबाट नै मानवसेवा आश्रमले लक्ष्य प्राप्त गर्दै गईरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखाका मयेर राजनराज पन्तले गोरखा सेवा समाजले गरेको पुन्य कामको खुलेर प्रंससा गर्नुभयो ।

उहाँले समाजले यसअघि पनि जिल्लामा सामाजिक सेवाको क्षेत्रमा महत्वकाम गर्दै आएको भन्दै आगामी दिनमा पनि रचनात्मक कामका लागि शुभकामना दिनुभयो । कार्यक्रममा गोरखा सेवा समाजका कतारका अध्यक्ष श्रीकृष्ण भट्टराई, सुदर्शन भट्ट, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले शुभकामना  मन्तव्य व्यक्त गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -