गोरखा १७ कात्तिक २०७६ । गोरखा जिल्लामा भुकम्पले क्षति पु¥याएको मध्ये ९० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार भूकम्प पश्चात सम्झौता गरेका ६५ हजार ८ सय १९ पूर्ण लाभग्राही मध्य ५५ हजार ४ सय ६४ जनाले अनुदान रकमको तेस्रो किस्ता लगिसकेको कार्यालयको तथ्याङमा उल्लेख छ ।
जिल्लाका ११ स्थानिय तहहरु मध्ये सबैभन्दा बढी गोरखा नगरपालिकामा ९ हजार ९७ पूर्ण लाभग्राही छन् । जसमध्ये ८ हजार ३ सय ४१ जनाले तेस्रो किस्ता लगिसकेको जिमालीको तथ्याङ्कले जनाएको छ । सबैभन्दा थोरै लाभग्राही चुमनुव्री गाउँपालिकामा लाभग्राही रहेका छन् । दुइ हजार २६८ पूर्ण लाभग्राही मध्य एक हजार ६ सय ६२ जनाले तेस्रो किस्ता लगिसकेको कार्यलयको तथ्याङमा उल्लेख छ ।
८ हजार ६९९ पूर्ण लाभग्राही रहेको पालुङटार नगरपालिकामा हाल सम्म ६ हजार ६६९ जनाले तेस्रो किस्ता लगेका छन् भने आरुघाट गाउँपालिकाका ६ हजार ७ सय ५० लाभग्राही मध्ये ५ हजार ९०८ जनाले तेस्रो किस्ता पाएका छन् । अजिरकोट गाउँपालिकामा ३ हजार ७१० जनाले तेस्रो किस्ता लगेका छन् । ६ हजार ६७० लाभग्राही रहेको भिमसेन थापा गाउँपालिकामा ५ हजार ४११ जनाले तेस्रो किस्ता पाईसकेको कार्यालयको तथ्याङमा जनाइएको छ ।
धार्चे गाउँपालिकामा रहेका कुल ३ हजार ८९५ लाभग्राही मध्य ३ हजार ३३१ जनाले तेस्रो किस्ता पाइसकेका छन् भने गण्डकी गाउँपालिकामा रहेका ५ हजार १७६ लाभग्राही मध्य ३ हजार ६६३ ले तेस्रो किस्ता लगेको जनाइएको छ ।









































