Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४७:३८ बिहान
- ADVERTISEMENT -

जापानले आफ्ना ६० हजार नागरिकलाई नेपाल भ्रमणमा पठाउने

प्रकाशित मिति: २०७६ कात्तिक १०, आइतबार

671
Shares

काठमाडौं, १० कात्तिक २०७६ । सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न भएको जापान भ्रमणका क्रममा जापान सरकारले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भ्रमणका दौरानमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोग अभिवृद्धिका साथै भ्रमण वर्षलाई सहयोग गर्ने त्यहाँका प्रधानमन्त्रीले बताएका थिए ।

राष्ट्रपति भण्डारीले यही कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मार हुँदै जापान पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गरेकी थिइन् । जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताएका थिए ।

उनीहरूबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौँ–ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझै जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाल र जापानबीच सिधा हवाई सम्पर्क विस्तार भएकाले पनि जापानबाट उल्लेख्य संख्यामा पर्यटन नेपाल आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ध्वजाबाहक  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज ए–३३० ले गत भदौ १२ गतेदेखि जापानको ओशाकास्थित ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले साताको दुई दिन मङ्गलबार र शनिबार नियमित उडान गर्दै आइरहेको छ । पछिल्लो समय ओसाका–काठमाडौँ उडानमा सन्तोषजनक व्यापार भइरहेको निगमले उल्लेख गरेको छ ।

जापानको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी थिइन् । राष्ट्रपतिको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रका रुपमा जापानले सघाएको स्मरण गर्दै गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीचको लामो दौत्य तथा सांस्कृतिक सम्बन्ध रहिआएको र सन् २०२० मा धेरैभन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने  तथा काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गरेकी थिइन् ।

निगमले नेपालीको बसोबास बाक्लो भएको जापानको राजधानी टोकियो नजिकको टोकियो नारिता इन्टरनेशनल एयरपोर्टमा तिहारपछि सिधा उडान गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको निगमले जनाएको छ । जापानबाट वार्षिक ४० हजार पर्यटक नेपाल भित्र्याउने निगमको लक्ष्य रहेको छ ।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गरेकी थिइन् । जवाफमा जापानका प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रपति भण्डारीको जापान भ्रमणकै सन्दर्भमा त्यहाँको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले पनि नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गएका थिए ।

सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो ।

मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रको विकासका लागि एसियाकै विकसित मुलुक जापानको अहम भूमिका हुने देखिन्छ । जापानबाट पछिल्लो समय पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१४ मा २५ हजार ८२९ र सन् २०१६ २२ हजार ९७९ जापानी पर्यटकले नेपाल भ्रम्ण गरेका थिए । भूकम्प र नाकाबन्दीकाबीच पनि सन् २०१५ मा १४ हजार ४६५ जापानी नागरिकले नेपाल भ्रमण गरेका थिए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको संघारमा नेपाल र जापानबीचको उच्चस्तरीय भ्रमण तथा निगमले जापान सिधा उडानले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने अपेक्षा गरिएको छ । जापानमा करीब ११ करोड जनसख्या छ । टोकियो, ओशाका, योकोहामालगायत मुख्य शहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताइन्छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -