गोरखा, २०७६ साल कात्तिक ६ गते बुधबार । सिरानचोक गाउँपालिकाका ८ वटै वडामा घर सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको छ । बि स २०७२ सालको गोरखा भुकम्पपछि शुरुवात भएको निजि आवास पुर्ननिर्माण कार्यक्रम अर्न्तगत लाभग्राहीको सुचीमा सुचीकरण भएर निजि आवास पुर्ननिर्माण सम्पन्न गरेका लाभग्राहीहरुलाई सिरानचोक गाउँपालिका भित्र निजि आवास पुर्ननिर्माण कार्यमा काम गर्ने रास्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक, EHRP र NHRP को प्राविधिक र सिरानचोक गाउपालिका साझेदारीमा पुर्ननिर्माण सम्पन्नताको प्रमाणपत्र वितरण गर्ने कार्य सुरु गरेको हो ।
प्रत्यक वडामा छुट्टाछुट्टै कार्यक्रम गरी घर निर्माण सम्पन्न गरेका भूकम्प पिडितलार्ई प्रमाणपत्र वितरण सुरु गरिएको हो ।‘हामीले गाउँपालिका भरी एक साथ एउटै सन्देश प्रवाह हुने गरी सम्पन्नताको प्रमाणपत्र वितरण सुरु गरेका छौं’ र ‘यसले पुर्ननिर्माणको बाँकी काम छिटो सम्पन्न गर्न समेत सघाउने अपेक्षा गरेका छौ ।’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो ।
सिरानचोक गाउँपालिकाका ८ वटै वडामा छुट्टाछुट्टै कार्यक्रमका विच सिरानचोक गाउँपालिका वडा नम्बर १ मा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, अत्यावश्यकीय आवास पुर्ननिर्माण परियोजनाका राजिब खनाल र वडा अध्यक्ष सुकमान गुरुङले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसैगरी, सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा राष्टिूय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य हरेराम पराजुली, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आर्चाय र वडा अध्यक्ष बीरबहादुर थापाले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसैगरी, सिरानचोक गाउँपालिका वडा न ४ मा जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका युवक श्रेष्ठ र वडा अध्यक्ष दिपक हमालले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसैगरी, सिरानचोक गाउँपालिका वडा नम्बर ५ मा गिता लिम्बु र वडा अध्यक्ष सन्तोष गुरुङले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसैगरी, सिरानचोक गाउँपालिका वडा न ६ मा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, वडा अध्यक्ष नारायण बाबु दानीले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसैगरी, सिरानचोक गाउँपालिका वडा न ७ मा जाइका प्रतिनिधि आएका कावानो, अत्यावश्यकीय आवास पुर्ननिर्माण परियोजनाका जिल्ला परियोजना प्रमुख बाबुराम केसी र वडा अध्यक्ष सुरज ढकालले घर निर्माण सम्पन्न गरेका घर धनीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसैगरी, सिरानचोक गाउँपालिक वडा न ८ मा सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, अत्यावश्किय आवास पुर्ननिर्माण परियोजनाका भुपेन्द्रबहादुर बस्नेत र वडा अध्यक्ष झटकप्रसाद दवाडीले घर सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको सिरानचोक गाउँपालिकाले जानकारी दिएको छ ।
वडा नम्बर २ मा भने प्राविधिकरणले प्रमाणपत्र वितरण सुरु गरेकोे छैन् । केही दिन भित्र वितरण कार्य थाल्ने वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो ।
६ हजार ७ सय ५८ लाभग्राही रहेको सिरानचोक गाउँपालिकामा ५ हजार १ सय ८२ जनाले घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिएका छन् । ५ हजार ७ सय ६० ले पहिलो किस्ता बुझेकामा ५ हजार ५ सय ६४ ले दोश्रो किस्ता लिएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।
९५ प्रतिशत घर पुर्ननिर्माण सम्पन्न भइसकेको अबस्था छ’ अध्यक्ष राजु गुरुङले भन्नुभयो ‘गुनासो भरेका, पुनरावेद नदिएका र प्रवलीकरण अनुदानको सूचीमा परेका बाहेक अधिकासंले घर बनाइ सक्नु भएको छ ।
बि स २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएका घर पुर्ननिर्माण गर्ने क्रम जारी छ । झण्डै ७१ हजार घर भूकम्पले भत्काएको गोरखमा करिब ६० हजार घर बनिसकेको प्राधिकरणले दाबी गरेको छ ।
सोही अनुरुप हरेक स्थानीय तहले घर निर्माण गरी सकेका स्थानीयहरुलाई सपन्नताको प्रमाणपत्र दिन सुरु गरिसकेका छन् ।









































