गोरखा, २८ असोज २०७६ । लिगलिग पालुङटार प्रबर्दन यात्रा सकी फर्केपछि पालुङटार नगरपालिकामा भब्य स्वागत गरिएको छ ।
लिगलिग पालुङटार प्रबर्दन यात्रा २०७६ अभियान अन्तर्गत ५ जना सम्मिलित युवा टोली गोरखाको पालुङटार नगरपालिका बाट पश्चिम नेपाल महाकाली चादनी दोधारा पुगेर आज छैटौ दिन पालुङटार फर्किएको हो ।
लिगलिगकोटको ऐतिहासिकतालाई पश्चिम महाकालीसम्म पुर्याएर फर्किएको टोलीमा किरण गिरी, बिबेक कुमार पण्डित, सुनिल भट्टराई, उत्तम गिरि, र सरोज गिरि रहनुभएको थियो |
लिगलिग पालुङटार प्रबर्दन यात्रा २०७६ का टोलीलाई पालुङटार नगरपालिकामा उपप्रमुख पम्फा बसेल र प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले स्वागत गर्नुभएको थियो |
टोलीले यात्राका क्रममा विभिन्न स्थानीय निकायमा गई त्यहाका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयलाई पालुङटार घुम्न आई पर्यटन बर्ष २०२० लाई सफल पार्न समेत निम्तो दिनु भएको थियो ।









































