Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:२९ बिहान
- ADVERTISEMENT -

म्याग्दीको मोहरेडाँडामा पाहुना घर

प्रकाशित मिति: २०७६ असोज २५, शनिबार

701
Shares

म्याग्दी, २५ असोज २०७६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ ।

सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो ।

रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।

पर्यटन बोर्डले रु २० लाख र गाउँपालिकाले रु दुई लाख अनुदान उपलब्ध गराएको पाहुनाघर बनाउन सामुदायिक लजको आम्दानीबाट रु पाँच लाख परिचालन गरिएको छ । नागीका १५० घरधुरीले तीन÷तीन दिन र हिमाञ्चल माविको ९ देखि १२ कक्षाका विद्यार्थी तथा शिक्षकले एक÷एक दिन श्रमदान गरेका थिए ।

पाहुनाघरमा ४० जना पर्यटक र ३० जना गाइड, पोर्टर, भरिया बास बस्न सक्ने क्षमता छ । यसअघि मोहरेडाँडाको सामुदायिक लजमा २० जना क्षमताको दश कोठे एउटा भवन थियो ।  “पाहुनाको चापसँगै नयाँ भवन बनाएर क्षमता बढाएका हौँ”, पुनले भने, “नयाँ पाहुनाघर बनाएपछि पर्यटकलाई भान्छा र डाइनिङ हलमा सुताउनुपर्ने समस्या हटेको छ ।” समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाको नजिकै बस्ति छैन ।

नागी, घोडेपानी, उल्लेरी हुँदै मोहरेडाँडा भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको मोहरेडाँडा सामुदायिक लजका कर्मचारी ललित खोरजाले बताए । पुनहिलदेखि मोहरे जोड्ने पदमार्ग निर्माण भएको उनले बताए । रु तीन लाखमा अप्ठ्यारो ठाउँमा सिँढी चिन्ने र झाडी हटाएर सहजरुपमा आवतजावत गर्नसक्ने बनाइएको छ ।

बस्ती नभएकाले यहाँ समुदायको पहलमा आठ वर्षअघि सामुदायिक लज शुरु गरिएको थियो । लजको आम्दानी गाउँका सामुदायिक विद्यालय सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण र स्वास्थ्य तथा विपन्न बालबालिकाको शिक्षामा परिचालन गरिएको छ ।

मोहरेडाँडाबाट हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लु शृङ्खलाका २० भन्दा बढी हिमाल देखिन्छ ।

फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।

घना गुराँसे जङ्गलको बीचमा रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडीबुटी, बोट बिरुवाको अवलोकनसँगै चराचुरुङ्गीका चिरवीर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नांगी, टिकोट र खिवाङ गाविसका बासिन्दाले सञ्चालन गरेको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडा हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -