Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:३९ बिहान
- ADVERTISEMENT -

राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा

प्रकाशित मिति: २०७६ असोज २०, सोमबार

632
Shares

सुर्खेत, २० असोज २०७६ । कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएको छ । छिमेकी मुलुक चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले यसका लागि उच्चस्तरीय ‘लबिइङ’ शुरु गरिसकेको छ ।

राष्ट्रपति सी भ्रमणका क्रममा विकास निर्माणसँग सम्बन्धित विषयले प्राथमिकता पाउने अवस्था सिर्जना भएमा कर्णाली सरकारले ‘लाइफलाइन’ का रुपमा अघि बढाउन खोजेको ‘सुर्खेत–हिल्सा दु्रतमार्ग’लाई समेट्न सङ्घीय सरकारसमक्ष प्रस्ताव गरेको हो । भ्रमणको मिति नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ लगायतको पटक–पटक ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चिनियाँ राष्ट्रपति सीको भ्रमणका अवसरमा सुर्खेत–हिल्सा सडक र फुकोट कर्णाली जलविद्युत् आयोजनालाई समेट्न अनुरोध गरेको जानकारी दिनुभयो । कर्णालीको विकासका लागि उत्तरी छिमेकी मुलुक चीनसँग सहज यातायात सम्पर्क विस्तार गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो । “दक्षिणी छिमेकी मुलुक भारतसँग कर्णाली जोडिएको, उत्तरी नाकाहरु पनि सहज खुलाइएका छैनन्, यातायात सम्बन्ध पनि छैन्”, मन्त्री ज्वालाले रासससँग भन्नुभयो, “यसपटक सी भ्रमणका बेला हुने आपसी समझदारीमा प्रदेश राजधानी सुर्खेतबाट उत्तरी नाका हुम्लाको हिल्सासम्म पुग्ने दु्रतमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्न जोड दिएका छौँ ।”

चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इन्जिनीयरिङ इयुआन कम्पनी ९सिआरइसी०ले १० महीना लगाएर यस सडकको विस्तृत सम्भाव्यता अध्ययन पनि गरिसकेको छ । अध्ययनअनुसार ४०३ किलोमिटर दूरी रहेको सुर्खेत–हिल्सा सडक निर्माणका लागि रु ६४ अर्ब लागत तथा कम्तीमा ६ वर्षको समयवधि लाग्ने अनुमान गरिएको छ । सिआरइसीले स्थलगत र हवाई माध्यमबाट सर्भे गरेको थियो । यससम्बन्धी प्रतिवेदन सिआरइसीले प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले राष्ट्रपति सी चीनको मात्र नभई विश्वकै अग्रणी नेता भएकाले उहाँको भ्रमण अर्थपूर्ण हुने बताउनुभयो । “यो नियमित, कूटनीतिक भेटघाट होइन्, त्यसैले विश्वको शक्तिशाली अर्थतन्त्र भएको मुलुकका राष्ट्रप्रमुख नेपाल आउँदा लगानीका विषयहरु पनि उठ्न सक्छन्”, उहाँले भन्नुभयो, “चीन आफ्नो विकास र प्रविधिमा छिमेकी नेपाललाई पनि जोड्न चाहन्छ ।” सुर्खेत–हिल्सा सडकका सम्बन्धमा चिनियाँ अधिकारीहरुसँगको पटक–पटकको भेटघाटमा सहभागी प्रदेशसभा सदस्य रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो चीन भ्रमणमा समेत हिल्सा नाकालाई प्राथमिकता दिएकाले यसपटक मूर्तरुप लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशसँगको नाका विस्तार एवं सञ्चालनमा चिनियाँ पक्ष सधैँ सकारात्मक रहेको आफूले पाएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -