Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:५६ बिहान
- ADVERTISEMENT -

गोरखाबाट घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्राउने

प्रकाशित मिति: २०७६ असोज १८, शनिबार

1128
Shares

गोरखा, १८ असोज २०७६ । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्राउने चलन पृुरानै हो। कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै हिन्दु नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ ।

बडादशैंको सातौं दिन अर्थात फुलपाती । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो ।

दसैंघरमा उखु, केरा, बेलपत्र, दारिम, अशोक, धान र जयन्तीको बोटका साथै नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्राउने गरीन्छ ।

संघिय राजधानी काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै आजै भित्राईन्छ ।

आजै गोरखा दरबारबाट कातठमाडौंको जमलसम्म लगिएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछन् ।

आजकै दिन गोरखा दरबारमा जंगलबाट ल्याएका नवपत्रिका जयन्ती, अशोका, वेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिंगार्ने चौतारोमा राख्ने र गोरखा दरबारबाट बाजागाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फुलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने परम्परा रहेको छ ।

फुलपाती गोरखा दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने गरीन्छ ।

आजैका दिन देशैभरिका शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरुमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ । फुलपाती भित्र्याउने साईत अनुसार टुडिखेलमा नेपाली सेनाले फुलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्दछन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ ।

फूलपातीसंगै दशैं पूर्णरुपमा सुरु हुन्छ । देशै भरीको गाउँ गाउँमा आजबाट पशु बलि दिने र रमझम गर्ने प्रचलन समेत चलि आएको छ । गाउँघर देखी शहर सम्म पिङ खेलेर रमाउने पनि गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -