Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:४८ बिहान
- ADVERTISEMENT -

गोरखाका अलैंची किसान अलैंची खेतीबारे थप ज्ञान लिन लमजुङमा

प्रकाशित मिति: २०७६ असोज ११, शनिबार

1603
Shares

गोरखा, ११ असोज २०७६ । गोरखाका अलैंची किसान अलैंची खेतीबारे थप ज्ञान लिन लमजुङका छिनखोला पुगेका छन् । अलैंची खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि गोरखाका ३५ जना कृषक अलैंची खेतीबारे बुझ्न छिनखोला पुगेका हुन्

गोरखाको भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाका कृषकको चार समुहले अलैंचीबारीको स्थलगत अवलोकन गरी त्यसबारे जानकारी लिएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । थोरै–थोरै अलैंची रोपेका, अलैंची रोप्ने चाहना भएका र अलैंचीको बारेमा जान्ने रुचि भएका कृषकहरुले अलौंचीबारेमा विविध जानकारी लिएको उनी बताउँछन् ।

अलैंची खेतीको अवस्था, पृष्ठभूमि, परिचय, वनस्पातिक विवरण, खेतीको उपयोगिता र महत्व, यसका प्रचलित प्रजातिको चिनारी, प्रसारण विधि, नर्सरी व्यवस्थापन, विरुवा रोपण, स्याहार, रोग किरा नियन्त्रण, उत्पादन र त्यसपछिका कार्यहरु, बजारीकरण लगायतका विषयमा सामुहिक रुपमा जानकारी दिएको उनले बताए ।

अलंैचीखेती बारे जानकारी पाएपछि आफुलाई व्यवसायिक रुपमा अलैंची उत्पादन गर्न ठूलो सहयोग मिल्ने गोरखा भिमसेन गाउँपालिकाका मिना गुरुङ बताउँछन् । उनी भन्छीन्, कतिबेला अलैंचीको कस्तो स्याहार सुसार गर्ने, गोडमेल, मलखाद र छहारीको व्यवस्था, टिप्ने र सुकाउने जस्ता प्रकृयामा आफुहरु लाई ज्ञान भएन त्यसैले अलैंची खेतीबारे ज्ञान लिन लमजुङ आएका हौ ।

छिनखोलाका ८० प्रतिशत किसान अलैंची खेतीमा लागेका छन् । ओसिलो जमिन भएकोले छिनखोला अलैंचीको प्रमुख क्षेत्रको रुपमा स्थापित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैंची जोनका प्रमुख ईशवरी प्रसाद न्यौपाने बताउँछन् । छिनखोला अलैंचीको पकेट क्षेत्रको रुपमा स्थापित भएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -