पोखरा, १० असोज २०७६ । गण्डकी प्रदेश सरकारले १२ गते आइतबार घटस्थापनाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्य सचिव हरिप्रसाद बस्यालले जानकारी दिनुभयो ।
नेपालीहरुको महान पर्वको अवसरमा केही संघ संस्थाहरुले घटस्थापनाको दिनमा सार्वजनिक बिदा दिन माग गरे अनुसार प्रदेश सरकारले घटस्थापनामा सार्वजनिक बिदा दिइएको हो ।









































