Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:४९ बिहान
- ADVERTISEMENT -

राजमार्गका होटल जामको मौकामा यात्रु ठग्दै

प्रकाशित मिति: २०७६ असोज १०, शुक्रबार

769
Shares

धार्के, धादिङ, १० असोज २०७६ । दसैंतिहार नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढिरहेको छ । काठमाडौंमा बसोबास गर्दै आएका र व्यापारीलाई यतिबेला राजधानी बाहिरिने र भित्रिने हतारो छ । यसै बेला मर्मतका नाममा पृथ्वी राजमार्ग अवरुद्ध भएर घण्टौं जाम भएपछि छेउछाउका होटललाई यात्रु ठग्ने मौका जुरेको छ ।

यात्रुको चाप बढेका बेला नागढुंगा–पिपलामोड सडक मर्मतका नाममा भदौ १५ देखि हरेक रात राजमार्ग बन्द गर्न थालेपछि यात्रुहरू सडकमै अलपत्र पर्ने गरेका छन् । विशेष गरी काठमाडौं आउने लामा दूरीका सवारीसाधन खाना र नास्ताका लागि धार्के, एक्लेफाँट, ढाँडे, सिक्रेखोला, २० किलो, नौबिसेमा रोकिन्छन् । हरेक रात ९ बजेदेखि सडक बन्द हुने भएपछि अलपत्र परेका यात्रुका लागि बास बस्ने सुविधाका होटल छैनन् ।

स्थानीय प्रशासनको अगुवाइमा नुवाकोटस्थित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले गरेको सदरमुकामलगायत राजमार्ग छेउका होटल, किराना र खाद्य पसलमा गरेको अनुगमनमा कैफियत फेला पारेको छ । ‘सार्वजनिक सवारीसाधनले खाना र नास्ताका लागि रोक्ने होटलका भान्सामा हेरिनसक्नु फोहोर छ,’ अनुगमनमा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्माले भने, ‘पहिलो पटक लिखित रूपमै सचेत गराएर छोडेका छौं ।’

खानीखोलाको राजमार्गसँगै जोडिएको मच्छिन्द्रनाथ होटलले यात्रु ठगेको, म्याद नाघेका खाद्यवस्तु बेचेको, खाने ठाउँ फोहोर भएको भन्दै हेलो सरकारमा भदौ अन्तिम साता उजुरी परेकाले स्थानीय प्रशासनले उचित मूल्य लिने र सरसफाइमा ध्यान दिने कागज गराएर छोडेको थियो । उक्त कागज गरेको साता नबित्दै पुनः त्यही प्रकारको उजुरी परेको स्थानीय प्रशासनले बताएको छ ।

गत सातासम्म एक सय पर्ने चिकेन मःम को मूल्य सवारी जाम हुन थालेपछि १ सय ४० रुपैयाँमा बिक्री सुरु भएको छ । धार्केस्थित आँधीखोला होटलमा ग्राहकले माछामा किरा परेको फोटो सामाजिक सञ्जालमा हालेर स्थानीय प्रशासनलाई समेत खबर गरे । सलाङ्गघाटस्थित चितवन होटलमा खानाको होटलमा राखेको मूल्यसूचीभन्दा ३० रुपैयाँ बढी असुलेपछि विवाद गर्न खोज्दा पानीको बोतल दिएर चुप लगाएको ग्राहकले नै बताएका छन् । गत सातासम्म मात्रै ५० रुपैयाँ लिनेआलु र चाउचाउको ८० रुपैयाँ लिन थालेका छन् ।

राजधानीबाट आउँदा नौबिसेदेखि र राजधानी पस्दा गल्छी बैरेनीदेखि नै यात्रुलाई ठग्न निःशुल्क सार्वजनिक शौचालयको पासो थापिएको छ । भोक, प्यास र दिसापिसाबले आजित भएका यात्रु चालकले गाडी रोक्नेबित्तिकै होटलमा छिर्छन् । होटल व्यवसायीले यात्रुको यस्तै बाध्यताको फाइदा उठाउँदै आएका छन् । गल्छी बैरेनीदेखि नौबिसे १२ सिक्रेखोलासम्म २ दर्जन यस प्रकारका सार्वजनिक शौचालय छन् । कसैको आफ्नै जग्गामा छ भने अधिकांशले होटल पसल र शौचालय सार्वजनिक जग्गामै निर्माण गरेका छन् । कतिपयले राजमार्ग सडकको मापदण्ड मिचेरै पसल थापेका छन् । सार्वजनिक जग्गा मिचेरै शौचालय निर्माण गरेका छन् । सडक छेउका यी पसलहरू कतै पनि दर्ता छैनन् । यहाँ चाडबाडका बेलाभन्दा अन्य समयमा नियमित अनुगमन छैन ।

एकीकृत अनुगमनको अभावमा राजमार्गमा मनपरी बढेको स्वीकार गर्दै सहायक प्रजिअ शर्माले नियमित अनुगमनले व्यापारी र ग्राहक दुवै सचेत हुने बताए । ‘स्थानीय प्रशासन, जिल्ला वन, सडक डिभिजन, घरेलु, कोष तथा लेखा नियन्त्रक, खाद्य प्रविधि तथा गुणस्तर विभाग सबै एकजुट भएर सधैंसँगै अनुगमन गर्न कठिनाइ भएकाले मनपरी भएको हो,’ खाद्य निरीक्षक नवराज श्रेष्ठले भने, ‘हाल कर्मचारी अभावमा पनि नियमित अनुगमन गर्न सकिएको छैन ।’ समितिले सदरमुकामलगायत राजमार्गका होटलबाट धेरै अखाद्य वस्तुहरू र म्याद नाघेका अखाद्य पदार्थहरू नष्ट गरेको छ । कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -