गोरखा, ४ असोज २०७६ । प्रजातान्त्रिक विचार समाज गोरखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
प्रजातान्त्रिक बिचार मञ्चको जिल्ला अध्यक्षमा रामशरण आचार्य सर्व सम्मत चयन हुनु भएको छ ।
गोरखा सदरमुकाममा शनिबार भएको सातौ जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा पुर्णमान श्रेष्ठ, सविचमा संजय अधिकारी, सह सचिवमा केशरसिं बस्नेत र कोषाध्यक्षमा सरिता अर्याल सर्व सम्मत चयन भएका छन ।
त्यस्तै गरी अधिवेशनले सदस्यहरुमा लुमनाथ लामिछाने, मञ्जु अर्याल, सिताराम तिवारी, कमल कोइराला, कृण्णराज पन्त र शरदबावु श्रेष्ठलाई पनि सर्व सम्मत चयन गरिएको छ ।
अधिवेशनमा गण्डकी प्रदेश संयोजक प्रा डा अक्कलदेव मिश्र र केन्द्रि सचिव डा बासुदेव भण्डारीको उपस्थिती रहेको थियो ।









































