गोरखा, ३ असोज २०७६ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले आर्थिक बर्ष २०७५/०७६ मा वडा भित्र सञ्चालन गरेका योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । बिहिबार वडा भित्रका नागरिकहरुलाई वडा कार्यालयले सम्पन्न गरेका योजना र ती योजनाहरुमा भएका खर्च बिबरणको अबस्था बारे जानकारी गराएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष नारायण श्रेष्ठले आर्थिक बर्ष २०७५/०७६ मा सम्पन्न भएका योजना र ती योजनाहरुमा भएका खर्च बिबरण प्रस्तुत गर्नुभएको थियो । उहाँले वडाभित्रका सवै जनताको आबश्यकता पुरा गर्नका लागि बजेटको अभाव भएको बताउनुभयो ।
सडक, खानेपानी,बिद्युत तथा लगायत पूर्वाधारको बिकासलाई वडाले प्राथामिकतामा राखेर काम गरेको उहाँले बताउनुभयो । उक्त आर्थिक बर्षमा सञ्चालन गरेका योजनाहरु मध्ये केही योजनाहरुमा बिनियोजित बजेट भन्दा बढि काम भएकाले चालु आर्थिक बर्षमा उक्त खर्च व्यवस्थापन गर्ने तयारीमा वडा कार्यालय रहेको उहाँको भनाई छ । ‘काम गर्दै जादाँ केही योजना बजेट अपुग हुदा काम अधुरो नै छोड्नुपर्ने अबस्था आयो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यस्ता योजनामा भएका खर्चलाई चालु आर्थिक बर्षमा मिलाउने तयारी गरेका छौ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा भिमसेन थापा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत कृष्ण थापाले वडाले सञ्चालन गर्ने सवै बिकासका कार्यक्रमहरुको प्राबिधिक अनुगमन पछि मात्र भुक्तानी हुने भएकाले अनियमिता हुन नपाउने दावी गर्नुभयो । ‘सवैजसो योजनाहरुको गाउँपालिकाको प्राबिधिकले अनुगमन गर्छ, उहाँले भन्नुभयो, अनुगमनबाट बजेट अनुसार काम भएनभएको बुझेर मात्र रकम निकासा हुन्छ, त्यसकारण अनियमिता हुने सम्भावना हुदैन ।’
सार्वजनि सुनुवाई कार्यक्रममा सहभागीहरुले वडा कार्यालयले योजना छनोटपछि कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्दा आमभेलाबाट गर्न सुझाव दिएका छन् । उनीहरुले बजेट अनुसारको काम भएको छ की छैन भन्नेमा प्रभावकारी अनुगमन आबश्यक रहेको भन्दै आबश्यकता आधारमा मात्र योजना छनोट गर्नपनि वडा कार्यालाई सुझाव दिएका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै समाजबादी पार्टी नेपालका भिमसेन थापा गाउँपार्टी अध्यक्ष रोहित पाण्डेले गाउँपालिकाले शुरु गरेको सार्वजनिक सुनुवाई कर्मकाण्डी पुरा गर्नका लागि मात्र गरेको आरोप लगाउनुभयो ।
उहाँले समाजबादी पार्टीले बिभिन्न माग राख्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको स्मरण गराउदै देखाउनका लागि मात्र सार्वजनिक सुनवाई गरेको अनुभुती आफुलाई भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठले वडाले बर्षको अन्त्यमा नभई हरेक चौमासिक रुपमा नागरिकहरुलाई सुसुचित गर्नका लागि सार्वजनिक सुनुवाई गर्न सुझाव दिनुभयो । ‘यहाँकै नागरिकहरुले तिरेको करले यहाँका कर्मचारीहरुले तलब भत्ता र सुबिधा लिने हो, आफुले तिरेको कर के मा कसरी खर्च भईरहेको छ भन्ने जान्न पाउने अधिकार पनि नागरिकलाई हुन्छ, उहाँले भन्नुभयो, त्यसका लागि हरेक चौमासिकमा सार्वजनिक सुनुवाई आबश्यक छ ।’
उहाँले वडा भित्र योजना सञ्चालन गर्दा योजना स्थलमा आयोजनाको लागत सहितको बिस्तृत बिबरण सहितको सूचना बोर्ड राखेर नागरिकहरुलाई जानकारी दिन पनि वडा कार्यालयलाई सुझाव दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा जनमुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवी बुद्धि श्रेष्ठले वडाले सञ्चालन गर्ने बिकासका कामलाई प्रभावकारी बनाउन अनुगमनको पाटोमा ध्यान दिनपनि आग्रह गर्नुृभयो ।
त्यस्तै सोही अबसरमा वडा कार्यालयले चालु आर्थिक बर्ष २०७६÷७७ मा वडाले सञ्चालन गर्ने योजना तथा बजेटको सार्वजनिकीकरण समेत गरिएको थियो । कार्यक्रममा श्री सरस्वती माध्यामिक बिधालयका प्रधानध्यापक रामचन्द्र श्रेष्ठ, भिमकुल बचत तथा त्रृण सहकारी संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठ लगायत ७० जनाभन्दा बढि स्थानियबासीहरुको सहभागिता रहेको थियो ।









































