लम्जुङ, ३१ भाद्र २०७६ । मंगलबार लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ।
मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ।
सोमबार राति ८ बजेर १८ मिनेट जाँदा नेपाल भारत सिमाना नजिकै ४ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको थियो । २०७२ बैशाख १२ मा गएको विनाशकारी भुकम्प पछि अझै पराकम्पन जान रोकिएको छैन ।









































