Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:५० बिहान
- ADVERTISEMENT -

पालुङटार नगरपालिकामा घर प्रबलिकरण कार्य सुरु

प्रकाशित मिति: २०७६ भदौ २९, आइतबार

608
Shares

गोरखा, २९ भाद्र २०७६ । गोरखाको पालुङटार नगरपालिकामा गत शुक्रबारबाट घर प्रबलिकरण कार्य सुरु गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको प्राविधिक सहजिकरणमा उक्त घरको प्रबलिकरण सुरु गरिएको हो ।

प्रवालिकरण अन्तर्गत सबैभन्दा पहिला पालुङ्टार नगरपालिका- ३ बोहरा गाउ ‘ मा  बिमला लामाको घरदेखि प्रबलिकरण सुरु गरिएको छ ।

बि स २०७२ सालको भुकम्पबाट क्षति भएर राष्ट्रिय पुन:र्निर्माण प्राधिकरणको सुचिमा रहेका पालुङटार नगरपालिकामा एक हजार भन्दा बढि घरधुरी हालसम्म पनि प्रबलिकरण अभियान सुरुवात नभएको समयमा  प्रवलिकरण प्रर्दशनी घरले प्रबलिकरणमा परेका लाभग्राहिहरुलाई सहज हुने र प्रविधिले पालुंङटार नगरपालिकामा रहेका पुराना घर जो सांस्कृतिक धरोहरका छन् त्यस्ता घरहरुको प्रवलिकरण गर्नु पर्नेमा जोड दिनु पर्ने उप–प्रमुख वसेलले बताउनु भयो ।

बिमला लामाको घर वि स २०५३ सालमा ढूंगा माटोको डेढ तले बनेको र २०७२ को भुकम्पले क्षति भएको थियो । उक्त घरको लम्बाई २२ र चौडाई १३ फिट तथा उचाई १४ फिट रहेको छ । उक्त घरलाई जस्ता तारद्धारा चारै कुनामा जस्ता तारको ठाडो पट्टि लगाईको छ । घरको झयाल तलको बन्धन र ढोका माथिको वन्धनमा तेर्सो जस्ता तारको बन्धन लगाईएको छ । क्रमशः दोस्रो तलामा पनि पहिलो तला झै चारै कुनामा जस्ता तारको ठाडो पट्टि तथा भ्याल मुनिको बन्धन र ढोका माथिको तेर्सो जस्ता तारको बन्धनको प्रयोग गरिएको छ । प्रत्येक १६ इन्चीको डाडो तथा तेर्सोे दुरिमा बनाईएका प्वालहरुमा २ मिलिमिटर ब्यासको तारको क्रस लिंक बनाई ठाडा तथा तेर्सो ४ मिलिमिटर ब्यासको तारलाई अंकुश गरिएको छ ।

ठाडो तथा तेर्सोे पट्टिलाई एक आपसमा तथा भित्तामा अंकुस गर्न राखिएको ढलाने अंकुशको दुरी बढिमा चार फिट राखिएको छ । काठहरुको जोडाईलाई मजबुतिकरण गर्न २ मिलिमिटर ब्यासको जस्ता तारले काठको जोर्निलाई बाधिएको छ ।

उक्त घरको छानो तथा भूंईलाई लचकता प्रदान गर्न काठका संरचनाहरुलाई तिन वटा २ मिलिमिटर ब्यासको तारले बिकर्ण बन्धन प्रयोग गर्ने कुरा नेपाल आवास पुनर्निर्माण परियोजनाका ईन्जीनियर दिवस दाहालले बताउनु भयो ।

उक्त घरको अवलोकन गर्दै नगरप्रमुख इ दिपक बाबू कँडेलले निजी आवास पुनर्निर्माणको गति वढाउन प्रवलिकरण कार्यको शुरुवातले पालुङटार नगरपालिकामा सहज हुने विश्वास राख्नुभयो । नगरप्रमुख कडेंलले प्रवलिकरण भईरहको घरका लाभग्राहिसंग अवलोकनका क्रममा छलफल समेत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -