Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०७:०३ दिउँसो
- ADVERTISEMENT -

गोरखा दरबार पुनःनिर्माण १६ महिनामापछि मूलढोका राखियो

प्रकाशित मिति: २०७६ भदौ २८, शनिबार

1019
Shares

गोरखा, २८ भाद्र २०७६ । ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महिनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनु भयो ।

तत्कालीन राजा राम शाहको पालामा वि सं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार रु चार करोड ३७ लाख लागतमा निर्माण हुन लागेको हो । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान र्पुयाएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर छ ।

गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको दरबारको पुनःनिर्माण पुरानै संरचनामा गरिएको हो । राष्ट्रिय पुरातत्व विभागसँग पुनःनिर्माणका लागि सम्झौता भए पनि पटक–पटक दरबारको जग निर्माणका लागि डिजाइनमा परिवर्तन भएकाले आफूहरुलाई काममा तीव्रता दिन गाह्रो भएको श्रेष्ठले दाबी गर्नु भयो ।

दरबारमा पुरानै संरचनाअनुसार विधिपूवर्क परम्परागत शैलीको मूलढोका राखिएको छ । सूचना अधिकारी कट्टेलले भन्नुभयो,  “यसअघि भुईंतलामा रहने थामहरु राख्ने काम सकियो, परम्परागत इँटाको गारो लगाउने काम जारी छ ।” लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ ।

आउँदो दशैँअघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम पुरा गरिने दरबार पुनःनिर्माणको जिम्मा पाएको पचली सिभाको जेभी कन्स्ट्रकसन प्रालिका प्रतिनिधि उज्वल श्रेष्ठले बताउनु भयो । “भुईंतलालाई आवश्यक थप पाँच ढोका र आँखीझ्याल जडानको काम भइरहेको छ, काठको काम सकिएपछि गारोको काम सक्न धेरै समय लाग्दैन”,उहाले भन्नुभयो ।

परम्परागत गारो लगाउँदा चुनासुर्कीको प्रयोग गरिएकाले एकैदिन धेरै गारो लगाउन मिल्दैन । त्यसलाई सुक्न दिनुपर्ने भएकाले स्वभाविकरुपमा ढिलाई हुन्छ । पुनःनिर्माणका लागि तोकिएको समयमा नभए पनि अहिलेको गतिअनुसार निर्माण अघि बढाउन सके र थप केही समस्या नभए अबको छ महीनामा निर्माण सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रतिनिधिको दाबी छ । भनेको आकारको काठ नपाइनु तथा भ्यालढोकामा बुट्टा बनाउन अरु कामभन्दा गाह्रो हुने भएकाले तोकिएको समयमा निर्माण सम्पन्न गर्न अप्ठेरो परेको हो । “पुरानो शैलीमा परिवर्तन हुन दिनु भएन, त्यही शैली र बुट्टा निर्माण गर्दा राम्रोसँग हेरेर गर्नुपर्यो”, श्रेष्ठले भने, “काम गर्ने सिकर्मीलाई सजिलो छैन ।” काठमाडौँबाट अनुभवी सिकर्मी ल्याएर बुट्टेदार दरबारको भ्यालढोका निर्माण भइरहेको छ ।

कम्पनीले सम्झौता भएको दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने गरी पुरातत्व विभागसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले करीब १७ महीनाभित्र मन्दिर पुनःनिर्माण सक्नुपर्ने गरी सम्झौता भएको हो । वि सं २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएर २०७५ को वैशाख ७ गतेदेखि विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनःनिर्माण शुरु भएको थियो ।

ऐतिहासिक गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिर छ । भूकम्पले भत्काएको गोरखनाथको गुफा यसअघि निर्माण भइसकेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी कट्टेलले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -