Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:५४ बिहान
- ADVERTISEMENT -

टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने

प्रकाशित मिति: २०७६ भदौ २७, शुक्रबार

855
Shares

काठमाडौँ, २७ भाद्र २०७६ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ ।

राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) ले आज यहाँ आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो ।

कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने बताउनुभयो । “नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन टान पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग सहकार्य गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो । आफ्नो संस्था पर्यटन मन्त्रालयसँग दाहिने हात बनेर सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । उहाँले निर्वाचनमा राखेका प्रतिबद्धता पूरा गर्न नयाँ कार्यसमिति दृढ भएर अगाडि बढ्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले टानलाई राजनीतिबाटमुक्त बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । “ यो संस्थालाई राजनीति गर्ने थलोभन्दा पनि व्यवसायीको हकहितका लागि लड्ने थलोको रुपमा विकास गरौँ”, उहाँले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी रामशरण थपलियाले पर्वतीय पर्यटनको विकासका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताउनुभयो ।

टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, महासचिव सरिता लामालगायतले पर्वतीय पर्यटनमा देखिएका समस्या समाधानका लागि नयाँ कार्यसमितिले काम गर्ने बताउनुभयो । राष्ट्रिय अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गानाले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न नवनिर्वाचित कार्यसमितिसँग आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -