Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:४९:२८ राति
- ADVERTISEMENT -

गोरखामा पर्वसुधार भन्दै एकमहिना अघि नै धुमधामका साथ वडादशै मनाइयो

प्रकाशित मिति: २०७६ भदौ २३, सोमबार

1104
Shares

गोरखा, २३ भाद्र २०७६ । सिरानचोक गाउँपालिकाको विभिन्न ठाउँमा धुमधामले दशै मनाइएको छ । आम नेपालीले मनाउने विजयाँ दशमी आउनु एक महिना अघि नै छोप्राक र आसपासका स्थानीयले दशै मनाएका हुन् ।

‘शास्त्रिय मान्यता अनुसार गलत तिथि चाड पर्व मनाउदा शुभ फलको साटो अशुभ फल प्राप्ती हुन्छ’ पर्व सुधार अभियानका अगुवा कृष्ण पोखरेलले भन्नुभयो, ‘समय अनुसार हाम्रा चाड पर्व एक महिना अघि सार्नुपर्ने देखिन्छ । सोही कारण हामीले अहिले दशै मनाएका हौ ।’

छोप्राकका हरिनारायण मल्ल, कृष्ण पोखरेल लगायतका व्यक्तिले सुरु गरेको यो अभियान अहिले गाउँपालिका भरी बिस्तार भएको छ ।

सोही अनुरुप आइतबार धर्मामावती मा वि, सर्वोदय आधारभूत विद्यालय, मण्डली मा वि, आहाल भञ्जाङ, जन ज्योति लगायतका सबै सामुदायिक विद्यालयमा दशैको टिका लगाएको सर्वोदय आधार भूत विद्यालयका शिक्षक भरत देवकोटाले जानकारी दिनुभयो ।

‘विगतमा जस्तै यस वर्ष पनि हामीले विद्यालयमा अभिभावक र विद्यार्थी सबैलाई बोलाएर टिकाटालो गरयौं’ उहाँले भन्नुभयो, ‘यसपाली विद्यालयको अलवा चामडाँडा, श्रीनाथ मण्डली लगायतका ठाउँमा पनि टिका लगाइएको छ ।’

नेपाली पात्रो अनुसार असोज १२ गते पर्ने घटस्थापना र २१ गते दशैको टीका भए पनि उहाँलेहरुले भने भाद्र १३ गते जमरा राखेर आइतबार धुमधामका साथ टीका लगाउनु भएको हो । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लको सुझावमा २०६९ साल देखि हरेक वर्ष दसै मनाइएको स्थानियहरुको बताएका छन् । ‘यस पटक हामी ऐतिहासिक सिराचोकको मण्डलीमा गएर टिका लगाऔं’ अगुवा पोखरेलले भन्नुभयो, ‘बिस्तारै हाम्रो अभियानले व्यापकता पाउँदै छ । एउटा गाउँबाट सुरु भएको अभियान बिस्तारै राष्ट्रिय रुपमा स्थापित हुँदैछ ।’

बैद्धिक पात्रोमा समेत आइतबार बिजयाँ दशमी भनेर उल्लेख भएको उहाँले दाबी गर्नुभयो । हरेक २१५० वर्षमा ऋतु एक महिना अघि सर्ने हूँदा हाल चलिरहेको पात्रो अनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने समय समेत परिवर्तन भई २४ दिन अघि सरेकाले एक महिना अघि दशै मनाईको पोखरेलेको भनाई छ ।

‘स्थापित मान्यता अनुसार हरेक ७२ वर्षमा एक दिन समय घट्छ अहिले सम्म २४ दिन समय घटि सकेको छ’ ‘त्यसले हाम्रा चाडपर्व एक महिना अघि सार्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ उहाँले भन्नुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -