गोरखा, १८ भाद्र २०७६ । पालुङटार नगरपालिका–९ धुँवाकोट स्थित सिस्नेरीका युवाहरुको सक्रियतामा प्रतिक्षालय निर्माण सम्पन्न भएको छ ।नवनिर्मित प्रतिक्षालयको सोमबार पालुङटार नगरपालिकाका मेयर दिपक वावु कँडेलले उद्घाटन गर्नु भएको थियो ।
नयाँ गोरेटो न्यू ट्रयाक युवा क्लवले रातमाटे चौकि नजिकै सिस्नेरी चोकमा प्रतिक्षालय निर्माण गरेको हो । प्रतिक्षालय निर्माणका लागी स्थानीय समाजसेवीहरुले रड, सिमेन्ट, वालुवा,गिटी, जस्ता लगायतका निर्माण सामाग्री सहयोग गरेका क्लवका अध्यक्ष कृष्ण थापाले बताउनु भयो ।
‘वैशाख देखि निर्माण शुरु गरेका हौँ,’ ‘ सिस्नेरी घर भइ देश विदेशमा रहेकाहरुले पनि आर्थिक सहयोग गर्नुभयो, अपुग रकम क्लवले खर्च ग¥यो, हामी क्लवका सदस्य तथा स्थानीयले श्रमदान गरेर प्रतिक्षालय निर्माण सक्यौँ ।’ भन्नुभयो ।
प्रतिक्षालय निर्माणका लागी झण्डै तिन लाख खर्च लागेको छ । प्रतिक्षालय अभावमा चोकमा वस्ने ठाउँ नहुदा सवारी कुरेर वस्ने यात्रुहरु समस्यामा पर्दै आएका थिए । ‘आवश्यकता देखेर नै स्थानीय र क्लवको सक्रियतामा प्रतिक्षालय निर्माण गरेका हौँ,’ भन्नुभयो ।
सोही ठाउँमा अब शौचालय र खानेपानीको धारा बनाउने क्लवको योजना रहेको छ । शौचालय र खानेपानीको धारा जडानका लागी वडा कार्यालय सँग पनि माग गरिएको उनले बताए छ ।
क्लवका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष भेजराज पाण्डे, रुद्रप्रसाद उप्रेती, देवकीथापा लगायतले मन्तब्य राख्नु भएको थियो ।









































