Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३२:४३ बिहान
- ADVERTISEMENT -

बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर, एक धारा’

प्रकाशित मिति: २०७६ भदौ १०, मंगलबार

1136
Shares

गोरखा, १० भाद्र २०७६ । बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ ।

गएको माघमा शुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । “यहाँ खानेपानीको अत्यन्तै अभाव हुंदै आएका थिए”, वडाध्यक्ष गुरुङले भने, “एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएका थिए ।

आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।”आयोजना निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले रु १७ लाख र बाँकी रकम उपभोक्ताबाट प्रतिघर रु १३ हजारका दरले सङ्कलन गरिएको उनले बताए । त्यस्तै उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए ।

“आयोजना निर्माण शुरु भएदेखि नै उपभोक्ताहरुले प्रत्येक घरधुरीबाट ३३ दिनसम्म जनश्रमदान गरेका गरे”, वडाध्यक्ष गुरुङले भने, “पाइपलाइन खन्ने, धारा बनाउने कामदेखि लिएर ढुङ्गा, गिट्टी, बालुवा बोक्नेसम्मको काम उपभोक्ताले गरेका छन्, यहाँका उपभोक्ताकोे अथक मेहेनतबाट घरघरमा पानीको धारा पुगेको हो ।”

रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताए । निर्माण शुरु भएको सात महीनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । आयोजना निर्माण नहुंदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए ।

आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी  बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताए । उनले भने, “सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।” रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -