- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङमा पर्यटन महोत्सव मनाउने तयारी

August 24, 2019
952
Shares
- ADVERTISEMENT -

लमजुङ, ७ भाद्र २०७६ । देशभरका ठूला गाउँमध्येको एक लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङ गाउँका स्थानियहरू गाउँको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्न पर्यटन महोत्सव मनाउने तयारीमा जुटेका छन् ।

बि स २०६४ सालमा प्रथम भुजुङ महोत्सवको आयोजना गरी पर्यटन प्रवद्र्धन थालेका स्थानीयले यसबर्ष पर्यटन महोत्सव मनाउने भएका हुन् । गाउँको पर्यटन प्रवद्र्धन गर्न र पर्यटन भ्रमण बर्ष २०२० लाई सफल बनाउन असोज १३, १४ र १५ गते महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

संघीय संरचनाअघि एउटै गाउँ, एउटै गाविसले चिनिएको भुजुङमा भुजुङ पर्यटन महोत्सव २०७६ आयोजना गर्न स्थानीय एकमत भएर लागेका छन् ।

बेंसीसहरमा बिहीबार पत्रकार भेटघाटको आयोजना गरी स्थानीयले महोत्सवको कार्यक्रमबारे सार्वजनिक गरेका हुन् । भुजुङ पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक तुलबहादुर गुरुङले ‘भुजुङ पर्यटन महोत्सवमा सहभागि बनौंंं’ नेपाल भ्रमण वर्ष २०२० सफल पारौं’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको बताउनुभयो । महोत्सवमार्फत भुजुङ गाउँको होमस्टे पर्यटन विकास गरिने, ग्रामीण पर्यटनको अवधारणालाई मुर्तरुप दिई स्थानीय जनताको आयआर्जनमा वृद्धि गराउने लक्ष्य लिइएको संयोजक गुरुङले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

महोत्सव मार्फत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा भुजुङ गाउँको प्रचारप्रसार गरि पर्यटनको प्रवद्र्धन गरिने, गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं सम्बद्र्धन गरिने, आर्थिक संकलन गरि भुजुङ गाउँमा पर्यटन प्रबद्र्धनको लागि पूर्वाधार विकास गर्ने भएको छ ।

महोत्सवमा पहिलो दिन असोज १३ गते उद्घाटन तथा सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित कृषि प्रदर्शनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुती रहनेछ । दोस्रो दिन असोज १४ गते ख्याति प्राप्त राष्ट्रिय कलाकारद्धार दोहोरी तथा लोक गीत प्रस्तुति, सांस्कृतिक कार्यक्रम प्रस्तुति, तेस्रो दिन असोज १५ गते अतिथिहरुलाई सम्मान गर्दै मायांको चिनो प्रदानगर्ने कार्यक्रम छ ।

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार महोत्सवले भुजुङको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने छ । उहाँका अनुसार भुजुङ पर्यटन महोत्सव सम्पन्न भए पछि भुजुङ गाउँको पर्यटन विकासमा टेवा पुग्ने छ । महोत्सवपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भुजुङ गाउँको प्रचारप्रसार भई पर्यटन आगमनमा वृद्धि हुने आयोजकले बताएको छ । पर्यटकहरुको आगमनमा वृद्धि भएसंगै स्थानीयको आर्यआर्जनमा वृद्धि र स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने क्व्होलासोंथर गाउँ कार्यपालिका सदस्य गमीमाया गुरुङले बताउनुभयो ।

भुजुङ गाउँ समुद्री सतहवाट १ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित छ । ९० प्रतिशत गुरुङ र वाँकी दलित समुदायको वसोवास रहेको छ । गाउँमा गुरुङ कला संस्कृति एवं परंपरागत रीतिरिवाजहरुको संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा सबै गाउँले एक जुट भई लागी परेका छन् । नेपालकै ठुलो गुरुङ गाउँमध्ये एक मानिने भुजुङका घरहरु एकै ठाउँमा गुचुमुचु भएर बसेको छ । महोत्सव मुल आयोजक समितिका सचिव पित्रमान गुरुङका अनुसार गाउँको विशेष खालको विषेशताका कारण पर्यटकको रोजाइमा भुजुङ परेको छ । भौगोलिक एवं प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मानिने यस गाउँको आफ्नै परम्परा र मौलिकताको विशेषता रहेको उहाँले बताउनुभयो ।

बेंसीसहरबाट ३२ किलोमिटरको दुरी पश्चिमोत्तरमा पर्ने भुजुङ पुग्न जीपमा २ देखि साँढे २ घण्टा सम्म लाग्छ । गाउँसम्म पुग्न जीपको सुविधा छ । यहाँको पर्यटन प्रवद्र्धनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङ, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैरसकारी निकायले सहयोग गरिरहेको छ । २०६४ सालमा प्रथम भुजुङ महोत्सवको आयोजना गरी १६ घरबाट होमस्टे सुरु गरेको स्थानीयले पछिल्लो समय २२ घरमा होमस्टे संचालन गर्दै आएको छ । आगामी ५ बर्षभित्र ५० घरमा होमस्टे संचालन गर्ने लक्ष्य लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com