- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बेँसीशहरमा पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव

August 21, 2019
749
Shares
- ADVERTISEMENT -

बेँसीशहर, ४ भदौ २०७६ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे् बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो ।

पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आइरहेको यस झरनालाई थप व्यवस्थित गरेर यसपालिबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत प्रथम क्योनोनिङ महोत्सवको आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।

महोत्सवका लागि अधिकांश काम सम्पन्न भइसकेका आयोजकले जनाएको छ । सोही महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गरिने भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

महोत्सव अवधिभर १० हजारदेखि १५ हजार दर्शक विभिन्न स्थानबाट आउने अपेक्षा आयोजकको छ । महोत्सव सञ्चालनका लागि करीब रु साढे चार लाख खर्च हुने बताइएको छ । त्यस्तै सन् २०२० मा अन्तरराष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा हुने र सो क्यानोनिङमा २६० जनाले क्यानोनिङ गर्ने आयोजकको दाबी छ । गाईखुरे झरना करीब ७० मिटर अग्लो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com